बेलौरी ,
शैक्षिक सुधार तथा शिक्षक कर्मचारीहरुको तलब निकासाको माग राख्दै नेपाल शिक्षक संघले बेलौरी नगरपालिकामा ज्ञापन पत्र पेश गरेको छ ।
नगर शिक्षा समिती गठन गरिनु पर्ने , तहगत बढुवाको ब्यबस्था लगायतका माग राख्दै नेपाल शिक्षक संघ बेलौरी नगर कार्य समितिले नगर प्रमुख पोतिलाल चौधरीलाई ज्ञापन पत्र बुझाएको छ ।
बुधबार नेपाल शिक्षक संघ नगर कार्यसमितिले बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीलाई पालिका भित्रका सामुदायिक विद्यालयहरुमा गुणस्तरीय, उत्पादनमुखी शिक्षा, शिक्षक कर्मचारीको माग र मुद्दासहित विविध विषयमा ज्ञापनपत्र बुझाएको शिक्षक संघका बेलौरी नगर सभापति सुरेन्द्र बोहराले बताउनुभयो ।
ज्ञापन पत्र बझदै यथा सम्भव चाडोभन्दा चाडो माग पूरा गर्ने प्रतिबद्धता बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले व्यक्त गर्नुभएको छ । नेपाल शिक्षक संघका नेता दिपेन्द्र राय तथा नेपाल शिक्षक संघ बेलौरी नगर कार्यसमितिका सदस्यहरुको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको सभापति बोहराले बताउनु भएको छ ।