April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पृथ्वी पशुपालन महिला सहकारीको लेखा परिक्षण

मा प्रकाशित

 

पुनर्वास ,
कञ्चनपुरको पुनर्वास ८ स्थित पृथ्वी पशुपालन महिला सहकारी संस्थाले सामाजिक लेखा परिक्षण सकेर सहकारी शिक्षा सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ ।
सहकारीले कारितास नेपालको आर्थिक साहायतामा सञ्चालित जीविको पार्जन तथा उत्थान आंसिक लगानी कार्यक्रमको सामाजिक लेखा परिक्षण सम्पन्न गरेको हो ।
सहकारीले संचालक , लेखा सुपरिवेक्षण समितिका सदस्यहरूका लागि सहकारी शिक्षा सम्बन्धि तालिम शुक्रवार देखि सञ्चालन गरेको छ ।
पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माले तालिमको उद्घाटन गरेका थिए । सहकारी शिक्षा सम्बन्धी आयोजित तालिममा सहकारी अभियन्ता डिल्लीप्रसाद शर्मा र दानबहादुर रावलले सहजीकरण गरेका थिए ।


शुक्रवार आयोजित कार्यक्रममा हिंसा पीडित १४ जना बालबालिकालाई पोशाक , कापी तथा स्टेसनरी बितरण गरिएको थियो । सहकारीकी अध्यक्ष निर्मला बिष्टको अध्यक्षता सम्पन्न कार्यक्रममा व्यवस्थापक पुष्पा रोकाया बिष्टले सञ्चालन गरेकी थिइन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु