September 11, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

मुख्यमन्त्री शाहद्वारा राना थारु संग्राहलय र कालेश्वर मन्दिरको अवलोकन 

मा प्रकाशित

पुनर्वास । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पुनर्वास नगरपालिका १ मा रहेको  राना थारु संग्राहलय र बेलौरी नगरपालिका ५ मा रहेको कालेश्वर महादेव मन्दिरको पनि अवलोकन गरेका छन् ।

शनिवार दिउसो मुख्यमन्त्री शाहले  निमार्णको दुवै ठाउँको अवलोकन गरेका हुन् ।  अवलोकनका क्रममा मुख्यमन्त्री शाहले आफू पहिलो पटक यस क्षेत्रमा आएकोले आगामी दिनहरूमा यस क्षेत्रको विकासका लागि लाग्ने बताए । उनले संग्राहलय र मन्दिरका थप संरचना निमार्णको लागि आफ्नै स्रोत साधनलाई मिलाएर अघि बढ्ने बताए ।

मुख्यमन्त्री शाहको अवलोकन टोलीमा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय दिवान सिंह बिष्ट , माननीय गीता चौधरी समेत सम्मीलित रहेका थिए ।

पुनर्वास नगरपालिका वडा नम्बर १ भकुण्डमा रहेको सो राना थारु सङ्ग्रहालय पुनर्वास नगरपालिकाको मातहतमा रहने गरी हस्तान्तरण गरिएको छ । सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागको आर्थिक सहयोगमा निर्माण भएको सङ्ग्रहालय नगरपालिकालाई हस्तान्तरण भइसकेको छ ।

कुल ६ करोड ३१ लाख ७२ हजार २ सय ३५ रुपैयाँमा निर्माण सम्पन्न भएको हो । यद्यपि भौतिक संरचना बने पनि संग्राहलयका लागि चाहिने बस्तुकला, चित्रकला, पौराणिक गरगहना तथा राना थारु समुदायको सँसकृति झल्किने अन्य सामाग्री नहुँदा संग्राहलय अलपत्र अवस्थामा पुगेको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु