April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बजेट नीति तथा कार्यक्रम न्यायिक हिसाबले आएन : सहमहामन्त्री पाण्डे

मा प्रकाशित

दार्चुला ,

नेपाली काँग्रेसका सहमहामन्त्री बद्री प्रसाद पाण्डेले अहिलेको बजेट नीति तथा कार्यक्रम न्यायिक हिसाबले आउन नसकेको बताउनु भएको छ ।

नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र नम्बर १ दार्चुलाको प्रथम क्षेत्रीय सम्मेलनलाई बुधवार सम्बोधन गर्दै सहमहामन्त्री पाण्डेले बजेट नीति तथा कार्यक्रममा टेकेर नआएको बताउनुभएको हो ।

बजेटप्रति विरोध कायम रहेको जनाउँदै बजेट निर्माण प्रक्रियामाथि पुनर्विचार गर्न नेतृत्वले भूमिका खेल्ने बताए । ‘अहिलेको बजेट न्यायिक हिसाबले आएको छैन, कुनै ठाउँमा बढी र कुनै ठाउँमा न्यून गएको छ । उनले भने–यसबारे मापन गर्छौ ।’

यसैबीच उनले बुधवार सरकारले बजेट पारित गर्ने तयारी गरेको भन्दै पार्टीको संसदीय दलको कार्यालयले उपस्थित हुन र पक्षमा मतदान गर्न ह्वीपसमेत जारी गरेकाले उपस्थित भएर मतदान गर्ने तर बजेट निर्माण प्रक्रियाका विषयमा पार्टीमा छलफल चलाई कार्यविधि नै बनाएर आगामी बजेटका लागि मार्ग निर्धारण गर्न सहजीकरण गर्ने बताए । क्षेत्रीय सम्मेलनमा सहमहामन्त्री पाण्डेले काँग्रेस पार्टीभित्र देखिएका कमिकमजोरी र समस्या हटाइ तल्लो तहदेखि नै बलियो काँग्रेस बनाउनुपर्नेमा जोड दिए ।

यस्तै उनले काँग्रेसले पराजय भोगेका स्थानीय तहमा पार्टी र जिम्मेवार जनप्रतिनिधिलाई सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देशन दिए ।
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र नम्बर १ दार्चुलाका सभापति मन्धिर सिंह धामीको अध्यक्षतामा भएको प्रथम क्षेत्रीय सम्मेलनमा काँग्रेस सहमहामन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतता र नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतक एवं प्रदेश सभा सदस्य बिक्रम सिंह धामीको विशिष्ट आतिथ्यता रहेको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु