April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा लागू औषध सहित दुई जना पक्राउ

मा प्रकाशित

पुनर्वास । कञ्चनपुरको पुनर्वासमा लागू औषध सहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट प्रहरी सहायक निरीक्षक बसन्त भुलको कमाण्डमा सादा पोशाकमा खटिएका प्रहरी जवान नरेश बोहरा र महेश विष्टको टोलीले मङ्गलवार पुर्नवास नगरपालिका वडा नम्बर ४ मा भारतको बसहीबाट नेपाल आउँदै गरेका धनगढी ५ बस्ने २९ वर्षका लक्ष्मण खड्का र सोही ठाउँका २० वर्षीय आदित्य चौधरीलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट ८४० मिलिग्राम लागु औषध फेला पारी उनीहरूको साथमा रहेको सुदूरपश्चिम प्रदेशको ०१–००८ प ९७८३ नम्बरको मोटरसाइकल समेत बरामद गरी दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको प्रहरीले जनाएको छ । पछिल्लो दुई हप्तामा पुनर्वासबाट नौ जना पक्राउ परेका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु