April 26, 24
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

निड्स नेपाल र केयर नेपाल द्वारा पुनर्वासका बाडी पिडितलाई राहत सामाग्री बितरण

मा प्रकाशित

 

जुद्ध चाैधरी,पुनर्वास, भदाै १५ । कञ्चनपुरकाे पुनर्वासका बाढी पिडितलाई निड्स नेपाल र केयर नेपालले राहत सामाग्री गरेका छन ।
मँगलवार सिम्रिमा एक कार्यक्रमकाे अायाेजना गरी पिडितलाई साे सामाग्री बितरण गरिएकाे । गत भदाै ११ गते अबिरल बर्षाका कारण घर डुबानमा परेका पुनर्वासका ८५ घर परिवारलाई साबुन, पानी शुद्ध पार्ने झाेल, ताैलिया, भित्रिबस्त्र, दन्तमन्जन, ब्रस,बाल्टी, जग,मास्क,सेनिटाईजर लगायतका १७ किसिमका राहत सामाग्री सहितकाे हाईजिन झाेला बितरण गरिएकाे निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अन्जु जाेशी भट्टले जानकारी गराउनु भयाे ।
राहत सामाग्री पुनर्वास नगरपालिकाका प्रमुख जीवन राज थापा मार्फत बितरण गरिएकाे हाे । कार्यक्रममा बाेल्दै नगर प्रमुख थापाले बाढीका कारण पानीकाे श्राेत प्रदुषित हुने भएकाले त्यसकाे प्रयाेग बाट विभिन्न राेगकाे सिकार हुनु पर्ने अवस्था अाउन सक्ने र साे बाट बच्न पानी शुद्ध गरेर मात्र खान प्रयाेग गर्न पिडितलाई अाग्रह गर्नु भयाे । सिम्री क्षेत्र बाढीकाे उच्च जाेखिम रहेकाे क्षेत्र हुनाले समयमा सतर्क रहनु पर्ने बताउनु भयाे । बाढी पिडितका लागि सहयाेगी दातृ सँघ सँस्थाहरुलाई अनुराेध गर्ने र नगरपालिका बाट हुन सक्ने सहयाेग गर्न अाफु तत्पर रहेकाे नगर प्रमुख जीवन राज थापाले बताउनु भयाे ।
निड्स नेपालका कञ्चनपुर अध्यक्ष अन्जु अाेशीले बिपतका बेला अाफुहरू हातेमालाे गर्न सधैँ तयार रहेकाे बताउनु भयाे । राहत बितरण कार्यक्रमकाे सहजीकरण बसुन्धरा बस्नेतले गर्नु भएकाे थियाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु