सुखड : कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा ४ जल्के राष्ट्रिय बन बाट सब डिभिजन बन अत्तरिया बाट गएको गस्ती टोलिले हरियो सालको रुख काटी चिरान गर्दै गरेको अवस्थामा एक जनालाई समातेको छ ।
८ वटा हरियो सालको रुख काटी चिरान गर्दै गरेको अवस्थामा गोदावरी नगरपालिका वडा ४ बस्ने वीर बहादुर मगरलाई आरा सहित पक्राउ गरिएको सब डिभिजन बन कार्यालय अत्तरियाका प्रमुख नीराजन कडाले जानकारी दिए ।
सालको काठ चिरान १० थान सिल्ली , ७ वटा गोलिया लैजानको लागि तयार पारिएको थियो भने अरू रुख ढालिएर गोलिया बनाउन बाकि छोडेको घटनामा सलग्नहरु धेरै रहेको आफूहरूको टोली देखेर भिरकै बाटो भएर भागेकोले समात्न नसकिएको कडालले बताए ।
उक्त घटनामा काठ कसको हो कहाँ लगिँदै थियो भने अनुसन्धान गरी बन ऐन २०७६ अनुसार कामकारबाही गरिने पक्राउ परेको मगरलाई आज नै थप कामकारबाहीका लागि म्याद थपिएको समेत कडालले बताए ।
मा प्रकाशित