September 11, 24
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

धनगढी स्थित नेपाल आयल निगमको भण्डारण केन्द्र पुनर्वास सार्ने तयारी

मा प्रकाशित

पुनर्वास,
नेपाल आयल निगमले धनगढीमा रहेको पेट्रोलियम पदार्थ भण्डारण केन्द्र कञ्चनपुर सार्ने तर्खर गरेको छ ।

धनगढीमा भण्डारण क्षमता बढाउन जग्गा कम भएको र घना बस्तीबीच रहेको भन्दै कञ्चनपुरको पुनर्वास नगरपालिकामा भण्डारण केन्द्र बनाउने बारे प्रक्रिया थालिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताएका छन् ।

प्रवक्ता ठाकुरका अनुसार पनुर्वासको आइबीआरडीस्थित नेपाल आवास कम्पनीको जग्गा प्राप्तिका लागि प्रक्रिया थालिएको हो ।

‘पत्राचारमार्फत् जग्गा प्राप्तिको लागि सम्वाद भइरहेको छ’ ठाकुरले भने, ‘ठोस निर्णय भइसकेको छैन तर हामी आशावादी छौं ।’

अहिले धनगढीमा ९ सय किलोलिटर पेट्रोल र १५ सय किलोलिटर डिजेलको मात्रै भण्डारण क्षमता रहेको छ । जग्गाको अभावमा त्यहाँ थप ट्यांकी निर्माण गर्न नसकिने हुँदा भण्डारण केन्द्र सार्न खोजिएको ठाकुरको भनाई छ ।

सुदूरपश्चिममा बढिरहेको पेट्रोलियम पदार्थको मागका कारण पनि भण्डारण क्षमता बढाउनुपर्ने उनको भनाई छ ।

पुनर्वासमा जग्गा प्राप्ति भएपछि मात्रै नयाँ भण्डारण केन्द्रको डिजाइन हुने र कति क्षमताको बनाउन सकिन्छ भन्ने प्रष्ट हुने ठाकुरले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु