कृष्णपुर
कृष्णपुर नगरपालिकासँग साझेदारको रूपमा कार्यरत वर्ड भिजन नेपाल र एनएनएसडब्ल्युए संस्थाले नगरपालिकामा वार्षिक अढाइ करोड बढी लगानी गर्दै आएका छन् ।
नगरपालिकाको शैक्षिक अवस्थालाइ सुधार गर्न विभिन्न शैक्षिक कार्यक्रम अन्तर्गत उनीहरूले सो रकम खर्च गर्दै आएका हुन । बुधबार कृष्णपुर नगरपालिकाको सभाकक्षमा आयोजित एक औपचारिक कार्यक्रमका बिच दुवै संस्थाले आफ्नो वर्षभरीको कार्यक्रमको सुक्ष्म तरीकाले समिक्षा गरेको हो । लामो समयदेखि कृष्णपुरमा कार्यरत वर्ड भिजन सँग सन २०२३ देखि एनएनएसडब्ल्युएले साझेदारी गरेर लक्ष्य प्राप्तिका लागि आफुहरु अझ बलियो भएको वर्ड भिजन का प्रतिनिधि सुरज शर्माले बताए । उनलेे सन १९५० को दशकमा स्थापित संस्था वर्ड भिजनले समाजमा विभिन्न कोणबाट पछाडि परेका वर्गका विद्यार्थीहरुलाई उनीहरूको शैक्षिक गुणस्तर वृद्धिमा भुमिका खेल्दै आएको बताए । त्यस्तै सन १९९० को दशकदेखि कंचनपुर मुख्य कार्यालय रहने गरि संचालित एनएनएसडब्ल्युएका तर्फबाट रामेश्वर जैरुले समुदायलाई कुनै न कुनै कोणबाट सहयोग गर्ने हाम्रो उद्देश्य हो वर्ड भिजन जस्तो लोकप्रिय संस्थासँग साझेदारको रूपमा काम गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।
वर्ड भिजन नेपाल र एनएनएसडब्ल्युए ले कृष्णपुर नगरपालिकामा शैक्षिक क्षेत्रका विभिन्न कार्यक्रम अन्तर्गत बाल संरक्षण,समुदाय संलग्नतामुखी स्पोन्सरसीप कार्यक्रम अन्तर्गत १ करोड सात लाख,चार हजार नौ सय उनन्चालिस र समावेशी गुणस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत १ करोड पचास लाख,छैसठ्ठी हजार एक सय सत्तरी गरि कुल वार्षिक अढाई करोड खर्च गर्दै आएका छन ।
वार्षिक समिक्षा कार्यक्रममा चालू आर्थिक वर्षको गतिविधि र आगामी आर्थिक वर्षमा कसरी जाने भन्ने विषयमा सुझाव संकलन गरिएको थियो । वर्ड भिजन नेपाल र एनएनएसडब्ल्युए कृष्णपुरका वडा न १,२,४,७ र ९ मा गरि ५ ओटा वडामा संचालित छ ।
NNSWA प्रतिनिधि टेक बहादुर बुढाको सभापतित्वम सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख द्रोपती राना,अतिथिमा वडा न.१ का अध्यक्ष मोहन बस्नेत ,वडा न ७ का अध्यक्ष घुम्मन राना,नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुख,विभिन्न विद्यालयका प्रअ,नगर बाल संजालका प्रतिनिधि लगायतको उपस्थिति थियो ।