September 11, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कृष्णपुर नगर बालकोष संचालन सम्बन्धि कार्यविधि सम्बन्धि छलफल सम्पन्न

मा प्रकाशित

कृष्णपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्तरीय बाल संजाल कोष सम्बन्धि बनेको कार्यविधिमा छलफल भएको छ । सोमबार नगरपालिकाको सभाहलमा सम्पन्न छलफलमा नगरभरीका बालबालिकाका लागि आपतकालीन अवस्थामा कसरी उद्धार गर्न सकिन्छ र आवश्यक सहयोग गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो ।

वर्ल्ड भिजन नेपालको आर्थिक सहयोग र एन.एन.एस.डब्लु. को साझेदारीमा संचालित बाल स्पोन्सर्स कार्यक्रम अन्तगर्त कृष्णपुर नगरपालिका स्तरीय बालकोष संचालन सम्बन्धि कार्यविधिमा छलफल भएको एन.एन.एस.डब्लु.का कार्यक्रम संयोजक रामेश्वर जैरुले बताए । वर्ल्ड भिजन नेपालको आर्थिक सहयोग र एन.एन.एस.डब्लु. को साझेदारीमा कृष्णपुर नगरपालिकाको शिक्षा र बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालनमा रहेका छन् ।

कार्यक्रममा वडा न.५ का अध्यक्ष टेक पाण्डेयले बालबालिका भविष्यका कर्णधार भएकाले बालबालिकाको हक हितका लागि नगरपालिका लागिपरेको बताए । त्यस्तै नगर उपप्रमुख द्रोपती रानाले भोलिको यो समाजको नेतृत्व गर्ने नै आजका बालबालिका भएकाले आफू र सिंगो नगरपालिकाको टिम यस विषयमा संवेदनशील रहेको बताइन । उनले आफुले कार्यपालिकामा बालकोष सम्बन्धि कुरा राख्ने समेत बताइन ।

बालकोष संचालन कार्यविधि सम्बन्धि छलफलको अध्यक्षता उपप्रमुख द्रोपती रानाले गरेकी थिइन भने वडा न ३,५,७,र ७ क्रमश खेमराज चौधरी,टेक पाण्डेय,बाबुराम चौधरी र घुम्मन रानाको उपस्थिति रहेको थियो । नगरपालिका शिक्षा तथा युवा शाखा विष्णु दत्त भट्ट त्यस्तै कार्यपालिका सदस्यहरु,इलाका प्रहरी कार्यालय गुलरिया इन्चार्ज जीवन गुरुङ ,एन.एन.एस.डब्लु अन्तर्गत बाल संरक्षण अधिकृत गणेश भुल,बाल संजालका केन्द्रिय सदस्य,कृष्णपुर बाल संजालका अध्यक्षको पनि उपस्थिति रहेको उक्त छलफल कार्यक्रमको संचालन कृष्णपुर नगरपालिका बालबालिका तथा महिला विकास शाखाकी प्रमुख माला गौतमले गरेकी हुन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु