January 17, 25
10.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलडाँडीमा ढिलो कार्यालयमा आउने कर्मचारीलाई मुल गेटबाटै फर्काइयो

मा प्रकाशित

पुनर्वास ,
कञ्चनपुरको बेलडाँडी गाउँ पालिकामा कार्यलय समय भन्दा ढिलो आउने कर्मचारीहरुलाई मुल गेटबाटै फर्काइएको छ ।

बेलडाँडीमा सोमबार कार्यालयमा समय भन्दा ढिलो उपस्थित हुने कर्मचारीहरुलाई पालिका अध्यक्ष हरिश्चन्द्र रानाले मुल गेटमै रोकेर प्रवेशमा रोक लगाएका हुन् ।

बेलडाँडी गाउँ पालिकाका जम्मा ३६ जना कर्मचारीहरु मध्य ६ जना कार्यालय सहयोगी र ३ जना अन्य कर्मचारी मात्रै समयमा उपस्थित रहेका अध्यक्ष रानाले बताए । कर्मचारीहरु कार्यालय समयमा अनुपस्थित रहदा जनताहरु गुणस्तरीय सेवाबाट बंचित हुन थाले पछि कार्यालयमा उपस्थित हुन नदिइ फर्काउन परेको अध्यक्ष रानाले बताए ।

समयमा कार्यालयमा उपस्थित नभएर जनतालाई सहज सेवा प्रवाहमा बाधक देखिएका कर्मचारीहरु प्रति पालिका प्रमुख रानाले देखाएको सोमबारको कदमको स्थानीयहरुले सामाजिक सञ्जालमा खुलेर प्रशंसा गरेका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु