लाल बहादुर एस के
बेलाैरी, भदाै २१ । कञ्चनपुरको बेलौरीमा रिङ्गरोड सडक विस्तार हुने भएको छ । बेलौरी नगरपालिकाले वडा नम्बर ४ र ५ जोड्नका लागि रिङ्गरोडक सडक विस्तार गर्न लागेको हो । चालु आर्थिक बर्ष २०७८/०७९ का नगरपालिका दुई वडा सहित बेलौरी बजार जोड्ने सडक विस्तार गर्न लागेको छ । सोमबार बेलौरी नगरका मेयर पोतिलाल चौधरीले एक कार्यक्रमका विच उक्त सडकको शिलान्यास गर्दै बेलौरीका सडक स्तरोन्नती बनाईने बताए । मेयर चौधरीका अनुसार बेलौरी नगरपालिका ५ जननमुना विद्यालयदेखि रामनगर–भकुण्डा–बेलौरी नगरपालिका ४मोतिपुरसम्म विस्तार हुनेछ । अमार अमृत ज्वाईन्ट भेन्जरले साढे ५ करोड लागतमा निर्माण गर्ने नगरपालिकासंग सम्झौता गरेको छ । आगामी ०७९ भदौँ १०भित्रै सडक विस्तार गरिसक्नुपर्ने छ । सडक विस्तारसंगै सो क्षेत्रका नागरिकलाई दैनिक आवत जावतमा समेत सहजता हुनेछ ।