April 25, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

‘बिरामीको अवस्था बुझ्न खोज्दा स्वास्थ्यकर्मीले अभद्र व्यवहार देखाए’

मा प्रकाशित

बेलौरी । कञ्चनपुरको बेलौरीमा रहेको एक स्वास्थ्य केन्द्रमा भएको घटनामा स्वास्थ्यकर्मीको दोषी रहेको दाबी गरिएको छ । नेपाली काँग्रेस बेलौरी नगरका सभापति पेपुराम चौधरी, नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ कार्य समितिका सभापति चेतन कुमार राई र नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिका सभापति गोपी प्रसाद उपाध्यायले एक संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेका हुन् ।

मङ्गलवार राति साइकलबाट लडेर आँखा र टाउकोमा चोट लागेर घाइते भई उपचारका लागि स्वास्थ्य केन्द्रमा पुगेका बेलौरीका बाबुराम चौधरीको उपचारमा ढिलासुस्ती भइरहेको र सो बारे बुझ्न खोज्दा घाइतेका आफन्त बेलौरी नगरपालिका गोकुलपुरका राम बहादुर खड्कालाई स्वास्थ्यकर्मीले अभद्र व्यवहार देखाएको र उक्त घटनालाई अतिरञ्जित बनाउने नियत प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।

यस्तै अगाडी भनिएको छ,‘अहिले आएर बिरामीका आफ्न्तसंग भएको वादविवादलाई राजनीतिकरण बनाई प्रहरी प्रशासनलाई दबाबमा पारी सृजना गरेको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने गरी छानबिन समिति गठन गर्न आग्रह गर्दछौ ।’

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु