November 23, 23
12.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

रुख फडानी बिषयमा बेलौरी ६ का वडाध्यक्ष पक्राउ

मा प्रकाशित

कञ्चनपुर
सरकारी कार्यालय परिसरका रुख फँडानी बारे अनुसन्धानका लागि कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष पक्राउ परेका छन।

कञ्चनपुरको बेलौरी नगरपालीकाका एमालेबाट निर्वाचित वडा नं ६ का वडा अध्यक्ष भोजराज चौधरीलाई बेलौरी छोटी भन्सार कार्यालय परिसरका रुख काटिएको बिषयमा वन कार्यालयको टोलीले परेको उजुरीको आधारमा नियन्त्रणमा लिइएको अनुसन्धान अधिकृत एवं कुण्डा डिभिजन सव वन कार्यालयका प्रमुख दिनेश कुमार यादवले जानकारी दिएका छन् ।

अनुसन्धान अधिकृत यादवका अनुसार भन्सार कार्यालय परिसरका आँप , जामुन , नीम लगायतका रुखहरु काटिएको उजुरी आएपछि संयुक्त वन टोलीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालय परिसरका ठूला रूखहरु अबैध रुपमा काटिएको पाइए पछि वडा अध्यक्षलाई नियन्त्रणमा लिइ अन्य संलग्न ब्यक्तिहरुको समेत अनुसन्धान भइ रहेको वन कार्यालयले जनाएको छ ।

रुख फँडानी भएको भन्सार कार्यालयको उजुरीका आधारमा वडा अध्यक्ष चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया बढाइएको अनुसन्धान अधिकृत यादवले बताए ।

चौधरी ०७९ बैशाख ३० मा स्थानीय तह निर्वाचनमा एमाले पार्टी बाट वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु