September 11, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

शुक्लाफाँटामा बजार अनुगमन

मा प्रकाशित

झलारी । शुक्लाफाँटा नगरपालिकाले बजार अनुगमन गरेको छ। मंगलबार नगर उपप्रमुख कल्पना जोशी पन्त नेतृत्वको टोलीले यहाँका झलारी, कलुवापुर र बनसमितिका पसलहरुको अनुगमन गरिएको हो। चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन गरिएको उपप्रमुख पन्तले बताइन्।

‘समय–समयमा बजार अनुगमन गर्दै आएका छौं,’ उनले भनिन्, ‘चाडपर्वमा हुने कालोबजारी, मनपरी मुल्य बृद्धि रोक्न र अवैध रुपमा सञ्चालनमा रहेका व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउन अनुगमन गरिएको हो ।’ बजार अनुगमनलाई निरन्तरता दिइने उनको भनाई छ। डेरी, किराना तथा सप्लायर्स, मासु पसल, फेन्सी पसल, मदिरा पसल र हस्पिटल गरि २७ पसलमा अनुगमन गरिएको छ।

नगरपालिकाको अनुगमन समितिका सदस्य सचिव लक्ष्मीदत्त पाण्डेयका अनुसार ७ वटा डेरी, १० वटा किराना तथा सप्लायर्स, २ वटा एग्रोभेट, ३ वटा मासु पसल, १ फेन्सी पसल, १ मदिरा पसल र ३ वटा हस्पिटल तथा मेडिकल स्टोरमा अनुगमन गरिएको छ। ‘अनुगमनको क्रममा म्याद नाघेका सामाग्री, डरी तथा मासु पसलमा सरसफाई नभएको, मापदण्ड अनुसार सञ्चालन नभएको पायौं, अवैध रुपमा सञ्चालितहरुलाई ७ दिनभित्र दर्ता प्रक्रियामा जान निर्देशन दिएका छौं,’ उनले भने, ‘विभिन्न समयको अनुगनले विगतको भन्दा सुधार पयौं।’

दोस्रो पटक अनुगमन गर्दा अहिलेकै कैफियत देखिएका कारबाही गरिने उनको भनाई छ। ‘अखाद्य, म्याद गुज्रिएका सामाग्रीहरुलाई जफत गरेर नष्ट गरेका छौं,’ उनले भने, ‘केही डेरीमा अखाद्य मिष्ठान्न, पाउरोटी, किराना पसलमा म्याद नाघेका सामान पाइएको थियो।’ नगरपालिकाले दुई टोली बनाएर बजार अनुगमन गरेको थियो। अनुगमन टोलीमा नगरपालिका कर्मचारी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रतिनिधि नविन कलौनी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका प्रतिनिधि हरिसिंह बोहरा लगायत सहभागी थिए।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु