कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले लालझाडी युवा क्लब ११ कञ्चनपुरका अधुरा भौतिक संरचनालाई प्रदेश सरकारले यही आर्थिक वर्षमा निमार्ण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । क्लबको दशौँ वार्षिक साधारण सभाको प्रमुख आथित्यताबाट बोल्दै उनले क्लबको अधुरो भवन र मञ्च निमार्णको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका हुन् ।
सुदूरपश्चिम प्रदेश खेलकुद समितिका अध्यक्ष समेत रहेका साउँदले क्लबले खेलकुदमा मात्र नभई सामाजिक लगायतका कार्यमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यहरूलाई निरन्तरता दिन उनले आग्रह गरे ।यस्तै उनले आ आफ्नै लक्ष्य,उद्देश्यका साथ क्लब,सङ्घ संस्थाहरू विभिन्न ठाउँमा स्थापना हुने क्रम बढिरहेको बताउँदै सबैले आफ्ना लक्ष्य र उद्देश्य पुरा गर्न नसकिरहेको बताए ।
उनले त्यो लक्ष्य र उद्देश्य पुरा गर्नको लागि नेतृत्व कुशल हुनुपर्ने र समाजमा त्यो संस्थाप्रतिको माया र उत्तरदायित्व र अभिभावकत्व हुन जरुरी रहने बताउँदै त्यो यस क्लबमा भेटाएको बताए । त्यही कुशल नेतृत्वकै कारण यो लालझाडी क्लब सुदूरपश्चिमकै एउटा नमुना क्लबको रुपमा अगाडी आएको र अझै प्रगति गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो ।
यस्तै उनले खेल क्षेत्र मानिससँगै राष्ट्रको लागि पनि आवश्यक रहेकाले खेलाडीहरूलाई अनुशासनमा रही अघि बढ्न आग्रह गरे । कञ्चनपुरको दक्षिणी क्षेत्रमा यस क्लबले छुट्टै पहिचान बनाइसकेको र खेलाडी उत्पादनमा पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।
मन्त्री साउँदलाई ज्ञापन
यसैबिच मन्त्री साउँदलाई क्लबले तीनबुदेँ माग सहित ज्ञापन पत्र बुझाएको छ । आफ्नो स्थापना काल देखि खेलकुदसँगै सामाजिक कार्यहरू गरिरहेको र आगामी दिनहरूमा पनि यी कार्यहरूलाई निरन्तरता दिन अगाडी बढाउँदै लगिने क्लबले बताएको छ । क्लबले अधुरो भवन,खेल मैदान निमार्ण,फुटबल प्रशिक्षण कार्यक्रम लगायतका माग राख्दै मन्त्रीलाई ज्ञापन बुझाएको हो ।
पूर्व खेलाडीलाई सम्मान
लालझाडी युवा क्लबले आफ्ना पूर्व तीन जना खेलाडीलाई सम्मान गरेको छ । क्लबमा रहँदा खेलकुदमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै तीन जना पूर्व खेलाडीलाई दोसल्ला सहित सम्मान गरेको हो । सम्मानित हुनेमा चेत विष्ट, जय चौधरी र राम प्रसाद राना रहेका छन् ।
यस्ता छन् आगामी कार्य योजना
क्लबले दशौँ वार्षिक साधारण सभा मार्फत आगामी कार्य योजना समेत सार्वजनिक गरेको छ । क्लबका अनुसार विगत सात वर्षदेखि आयोजना गरिँदै आएको लालझाडी कपलाई यस वर्ष पनि निरन्तरता दिने बताएको छ । आठौँ लालझाडी कप २०८० कात्तिक १५ गतेदेखि सुचारु हुने क्लबका अध्यक्ष काशीराम बोहराले जानकारी दिए । यस्तै आउँदो फागुनमा पाँचौँ लालझाडी टी २० क्रिकेट प्रतियोगिता पनि आयोजना गर्ने जनाएको छ ।
यस्तै क्लबले एक वर्षमा गरेका गतिविधि,लेखापरिक्षण प्रतिवेदन र आम्दानी तथा खर्च विवरण समेत सार्वजनिक गरेको हो ।