December 4, 24
8.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलौरी छोटी भन्सार परिसरका रुख कटानी आरोपित धरौटीमा रिहा

मा प्रकाशित

कञ्चनपुर ,
छोटी भन्सार कार्यलय परिसरका रुख कटानीको सन्दर्भमा वन कार्यालयले नियन्त्रणमा लिएका ४ जनालाई धरौटीमा छोडिएको छ ।

भन्सार कार्यालय परिसरमा रुख कटानीको आरोपमा वन कार्यालयले नियन्त्रणमा लिएका चारै जनालाई जनही ४५ हजार धरौटीमा छोडिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कँडेलले बताए । प्रकृया नपुर्‍याइ रुख काटिएकाले कार्बाही गरिएको जिल्ला वन कार्यालयका प्रमुख कँडेलले बताए ।

वहाँहरुले प्रक्रियागत त्रुटि गरेकाले पक्राउ गरेको र धरौटीमा छोडिएको हो तर मुद्दा यथावत रहेको डिएफओ कँडेलले बताए ।

वर्षौँदेखि बन्द रहेको बेलौरी छोटी भन्सार कार्यालय खुलाउने प्रयास भईरहदा रुख काटिएको प्रकरणले स्थानीय समेत पक्ष विपक्षमा देखिएका छन । कसैले बेलौरीमा भन्सार कार्यालय स्थापना हुन नदिने षड्यन्त्र भनिरहेका छन, भने कसैले कानुन सबैले मान्नुपर्छ भन्ने मिश्रित धारणा दिईरहेका छन । यतिबेला उपप्रमुख जोगराज चौधरीले वडाध्यक्ष पक्राउ पर्दा आफुले रुख नकाट्न भनेपनि नमानेको बताएका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु