पुनर्वास ,
जिल्लाको दक्षिणी भेगको पुनर्वास स्थित नेपाल-भारत सीमा क्षेत्रमा नजिकिदै गरेको चाड पर्वलाई लक्षित गरि सशस्त्र प्रहरीले चेक जाँच कडा गरेको छ ।
राजश्व छली नियन्त्रणमा कञ्चनपुरको पुनर्वासमा खटिएको सशस्त्र प्रहरीको बिओपी पुनर्वास ङ गाउँको टोलिले नेपाल -भारत सीमा क्षेत्रमा गस्ती र चेक जाँच बढाएको हो ।
चाडपर्वको समयमा सीमा क्षेत्रमा बढ्न सक्ने अपराधिक गतिविधि र राजश्व छली नियन्त्रणका लागि गस्ती र चेक जाँच बढाइएको सशस्त्र प्रहरीको पुनर्वास ङ गाउँ बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक माधव जोशीले बताए ।