March 14, 25
26.4 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

आठौँ लालझाडी कप फुटबल प्रतियोगिता सुरु

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि पुरस्कार रहेको आठौँ लालझाडी कप फुटबल प्रतियोगिता २०८० सुरु भएको छ । आयोजक लालझाडी युवा क्लब ११ को आयोजनामा सुरु भएको प्रतियोगिता कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ ।

मोहन स्मृति गुरुङ आठौँ लालझाडी कप फुटबल प्रतियोगिताको नाम दिइएको सो प्रतियोगिताकाको बुधवार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य सचिव दीपक सिंहले उद्घाटन गरेका हुन् ।

यस वर्ष प्रतियोगितालाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले मुख्य प्रवर्धक रहेर साथ दिएको छ भने सह प्रवर्धकमा पुनर्वास नगरपालिका १० नम्बर वडा रहेको छ । यस्तै प्रतियोगितालाई ले साथ दिएको छ । आठौँ लालझाडी कपमा १६ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको पहिलो खेल कात्तिक १६ गते बिहीबार सिद्धार्थ युवा क्लब र द रिभर साइटबिच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे हुने क्लबले जनाएको छ । खेल क्लबको फेसबुक पेज लालझाडी युवा क्लब ११ बाट प्रत्यक्ष प्रक्षारण हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार, उपविजेताले १ लाख २५ हजार ,उत्कृष्ट खेलाडीले २० हजार पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट फर्वाड,उत्कृष्ट मिडपिल्डर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोल रक्षक,सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार ५ सय प्राप्त गर्नेछन् ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु