April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा काँग्रेसको नेतृत्वका लागि तामाङ्ग र बाेहरा बिच प्रतिस्पर्धा हुँदै

मा प्रकाशित

 

नागरिक संवाददाता,
पुनर्वासमा, असाेज ०९ । नेपाली काँग्रेसकाे १४ अाैँ महाधिवेशनकाे नगर कार्य समितिका लागि अाज देशै भर मतदान हुँदैछ ।
कञ्चनपुरकाे पुनर्वासमा नेपाली काँग्रेसको नगर कार्य समितिको नेतृत्वका लागि शुक बहादुर तामाङ्ग र दिल बहादुर बाेहराकाे प्यानल बिच प्रतिस्पर्धा हुँदैछ ।
पुनर्वासमा दुई प्यानल बिच प्रतिस्पर्धा हुँदैछ । दिउसाे साढे १ बजे देखि मतदान हुदैछ । दुबै प्यानलले निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा पार्न कडा मेहनत गरेको भए पनि शुक बहादुरकाे प्यानल बलियाे देखिएकाे छ । बेलुका ४ बजे सम्म मतदान हुने र मतदान सकिने बितिकै मतगणना हुने मतदान अधिकारी शिवराज पाण्डेले बताए।
शुक बहादुर तामाङ्गकाे प्यानल बाट उप सभापतिका लागि उमेद्वार नर बहादुर सिँह र शेर बहादुर पुजारा, सचिवका लागि उमेद्वार परि रावल र दिपेन्द्र बस्नेत रहेका छन । सहसचिवका लागि भक्त बहादुर साउँद र राम कुमार राना रहेका छन । त्यसैगरी दिल बहादुर बाेहराकाे प्यानल बाट उपसभापतिका लागि उमेद्वार खगेन्द्र अाेझा र नरेन्द्र श्रेष्ठ, सचिवका लागि चन्द्रमणी गैरे र यादब खड्का रहेका छन । सहसचिव पदका लागि लाैटन राना र सम्भु सार्की उमेद्वार रहेका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु