कञ्चनपुर
संविधानसभा सदस्य तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवानसिंह बिष्टले कञ्चनपुरको प्यारातालमा नागरिक स्तरबाट सुरू गरिएको अभियान महत्त्वपूर्ण रहेको बताएका छन् ।
नागरिकको पहलमा प्याराताल परिसरमा निर्मित तथा निर्माणाधीन संरचनाहरुको अवलोकनका क्रममा उनले सामुदायिक बिकासका कामहरुमा जनताको यो लगानी प्रशंसनीय रहेको बताए ।
यस्तै उनले प्रदेश सरकारको बजेट यहाँको पर्यटन प्रबर्द्धनका लागि जुटाउन आफ्नो साथ सहयोग रहने प्रतिबद्धता जाहेर गरे । अवलोकनमा प्रदेश सभा सदस्य विष्ट, नेपाल रेडक्रस सोसाइटी पुनर्वासका अध्यक्ष कृष्णबहादुर तामाङ , निवर्तमान ९ नम्बर वडा अध्यक्ष नारायण प्रसाद जैसी लगायतको टोलिले प्याराताल परिसरमा निर्मित तथा निर्माणाधीन संरचनाहरुको अवलोकन गरेको थियो ।
पछिल्लो समय सो अभियानलाई देश तथा विदेशबाट सहयोग प्राप्त भईरहेको छ । अहिले प्याराताल परिसरमा सेल्फी पोईन्ट निर्माण सम्पन्न भईसकेको छ भने माछाको स्तम्भ ,ओदको स्तम्भ र कछुवाको स्तम्भको निर्माणकार्य अन्तिम चरणमा पुगेको प्याराताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले बताए ।
मा प्रकाशित