September 12, 24
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

एक दिने निःशुल्क कृषक तालिम सम्पन्न

मा प्रकाशित

धनगढी । धनगढीमा एक दिने निःशुल्क कृषक तालिम सम्पन्न भएको छ । न्यू होप एग्रो बिजनेस नेपाल प्रालि र एग्रो पोल्टी मार्टको आयोजनामा शनिवार एक दिने निःशुल्क कृषक तालिम सम्पन्न भएको हो ।अहिले जाडोको मौसम सुरु भइसकेकोले जाडो मौसममा सफल वोइलरपालन कसरी गर्ने भन्ने विषयमा तालिम सम्पन्न भएको एग्रो पोल्टी मार्टका सञ्चालक उत्तम मल्लले जानकारी दिए ।

उनका अनुसार कैलाली कञ्चनपुरका करिब दुई सय कृषकलाई तालिम दिइएको जनाएको छ । कुखुरा पालक किसानले समय सापेक्ष,नयाँ प्रविधि,नयाँ आयाम तौर तरिका उपयोग गरी कम खर्चिलोमा गुणस्तरसहित उत्पादन गर्न विशेष ध्यान दिनुपर्ने विज्ञहरूले सुझाव दिएका थिए । भेटनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डाक्टर हेम राज अवस्थीले कुखुरा बढ्दै जाँदा दानापानीको प्रयोग बढ्ने र कुखुरा उत्पादन गर्दा धेरै दाना पानी र बिना मापदण्ड औषधी दिने गरेकोले यसले गर्दा कुखुरा पालन खर्चिलो बढी हुने गरेको बताए । कम खर्चमा राम्रो उत्पादन र गुणस्तरीय कसरी गर्न सकिन्छ त्यसका लागी यो कृषक तालिम निकै उपयोगी हुने डाक्टर अवस्थीले बताए ।

यस्तै पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका पशु चिकित्सक डाक्टर लोकेन्द्र न्यौपानेले जाडो तथा गर्मी मौसम परिवर्तन हुँदा कुखुरालाई विशेष ख्याल गर्नुपर्ने बताए । प्रयोगशालाको सरसफाइ तथा प्रयोगशालामा काम गर्ने प्राविधिकले व्यवस्थापन पक्षमा कमीकमजोरी गर्न नहुने सुझाव दिएका थिए ।

यस्तै न्यू होप एग्रो बिजनेस नेपालका एरिया म्यानेजर (पश्चिम नेपाल) का डा विवेक बन्धु रेग्मीले तालिममा कुखुरालाई खोरमा चल्ला भित्र्याउन अगाडी गर्नुपर्ने सरसफाइ, निर्मलीकरण तथा निःसंक्रमण,एन एच बायोलोजिकल दानाको सर्वोत्कृष्ट एफ सी आर, सुरक्षित बनाउँछ किसानको लगानीका बारेमा जानकारी गराएका थिए ।

यस्तै तालिममा ब्रूडिग कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पशु चिकित्सक, धनगढी उपमहानगरपालिकाका डा समीर ठाकुरले आफ्नो प्रस्तुतीकरण राखेका थिए । जाडो याममा कसरी गर्ने सफल ब्रुडिंग व्यवस्थापन,ब्रोइलर पालनमा प्रत्येक हप्ता ख्याल गर्नुपर्ने ब्यवस्थपाकिय कुरा, कुखुरा पालनमा जैविक सुरक्षा र खोप व्यवस्थापन तथा जाडो याममा ब्रोइलरको पेटमा पानी जम्ने समस्या र समाधानका उपायका बारेमा जानकारी गराइएको थियो। तालिमपछि किसानले निःशुल्क कृषक तालिम निकै उपयोगी रहेको बताएका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु