कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका दिवानसिंह विष्ट निर्विरोध चयन भएका छन् ।
प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले आज एक कार्यक्रमकाबीच बिष्ट सहित चार जना सभापतिलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।
प्रदेशको सार्वजनिक लेखा समितिमा नेकपा (एमाले) का वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ती पार्टीका घनश्याम चौधरी र सामाजिक विकासमा (एकीकृत समाजवादी) का माया पन्त छन् । चार समितिका सभापति पदमा मंगलबार चार जनाको मात्रै एकल उम्मेदवारी दर्ता भएको थियो। नेकपा (माओवादी केन्द्र) ले भने प्रदेश सभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाबिच भएको छ ।
को हुन प्रदेशको विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा चयन भएका विष्ट ?
दिवान सिह विष्ट कञ्चनपुरको राजनीतिमा चर्चित नाम हो । २०२० सालमा बैतडीको बाराकोटमा वुवा रामसिंह बिष्ट र आमा पदमा देवि बिष्टको कोखबाट जन्मिएका दिवान सिंह बिष्ट २०३४ सालमा १४ बर्षको उमेरमा कञ्चनपुर परिवार संगै झरेका थिए।उनी १६ बर्षको उमेरदेखि राजतिनीमा सक्रिय रहेका छन।
वि.सं.२०३६ सालमा नेपाली काँग्रेस निकट नेविसंघ हुँदै राजनीतिमा होमिएका थिए बिष्ट । त्यो ताका नेपाल विद्यार्थी संघ महाकाली माध्यमिक बिद्यालयका सभापति थिए उनी । २०४२ सालको जनमत संग्रहमा सक्रिय रहेका बिष्ट २०४६ र ४७ सालमा पनि राजनीतिमा सक्रिय रहेका बिष्ट २०४८ सालमा कञ्चनपुर जिल्ला क्षेत्र नं। १ को क्षेत्रीय सभापतिको समेत जिम्मेवारी सम्हालिसकेका उनी १० औँ महाधिबेशन महासमिती सदस्य देखि हालसम्म रहेका छन् ।
२०५३ सालमा बेलौरी नगरविकास समितिका उपाध्यक्ष रहेका राजनितिमा सक्रिय बिष्टले २०६३ सालमा आरक्ष जग्गा समस्या समाधानका लागि गठित समितिका अध्यक्ष थिए। उनले आरक्ष पिडीतका समस्या समेत समाधान गरेका थिए। सानैदेखि देश र जनताका लागि सेवा गर्छु भन्ने भावनाका उनी कञ्चपुरको दक्षिणी क्षेत्रका समस्या समाधानमा सधैँ अग्रसर भएका छन।
बेलौरी नगरपालिका ६ दुम्ली सीमा क्षेत्रमा बसोबास गर्दै आएका विष्ट नेता मात्र होईनन । सीमा रक्षा र समाजसेवाका अभियन्ताका रुपमा परिचित छन । नेपाली काँग्रेसको झण्डै साढे चार दशकको लामो सकृय राजनीतिमा होमिएका विष्ट अहिले सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सदस्य समेत हुन् ।
लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट विष्ट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १को प्रदेश सभा २ बाट प्रदेशसभा सदस्यका उम्मेदवार भएर चुनावी मैदानमा उत्रिए । र विजयी भए । ०३४ मा पञ्चायकालिन समयदेखि विद्यार्थी राजनीतिमा होमिएका विष्ट अहिलेसम्म काँग्रेस कञ्चनपुरको सकृय राजनीतिमा होमिए ।
०७० सालमा सम्पन्न भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा विष्ट निर्वाचित भएर पहिलो पटक संसद बनेका थिए । नेवि संघबाट राजनीतिक शुरुवात गरेका विष्ट ०३५सालमा बेलौरीको चर्चित महाकाली माध्यामिक विद्यालयमा नेवि संघ इकाई अध्यक्ष भएर काम गरेका थिए । देशमा भएका ठुल ठुला परिर्वतन एव आन्दोलनमा प्रत्यक्ष सहभागि भएका विष्टमाथि राज्यबाट गिरफ्तारदेखि झुटा मुद्दा लगाउने काम भए ।
०३६ जनमत संग्रह, ०४२मा बहुदल निर्दल, ०४६मा प्रजतन्ध पुर्नस्थापनाका लागि आन्दोलन र ०६२/०६३मा राजतन्त्रको हटाउनेदेखि गणतन्त्र पुर्नस्थापनाका लागि भएका आन्दोलनमा प्रत्यक्ष सहभागि भएका विष्ट पटक पटक गिरफ्तारदेखि घाईते भएका थिए ।
०५१ मा नेपाली काँग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भए, ०५८ सालमा नेपाली काँग्रेस जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधी र हालसम्म महाधिवेशन प्रतिनिधी रहेका छन । गत बर्ष सम्पन्न भएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा विष्ट केन्द्रीय सदस्यमा चुनाव लडेका थिए । केही मतले मात्रै उनी पराजित भए ।
०६३सालमा तत्तकालिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारको पुर्नस्थापनका लागि आरक्षपीडित आयोगका अध्यक्ष भएका विष्टले २ हजार ५सय ८६ परिवारको पहिचान गरेका थिए ।
विष्ट नेतृत्वको आयोगले हरेक आरक्षपीडितका लागि १० कट्टाका दरले जमिन र घर निर्माणका लागि प्रस्ताव अघि सारेर सरकारलाई प्रतिवेदन बुझाएका थिए ।०७० सालमा सम्पन्न भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा क्षेत्र १ बाट निर्वाचित विष्टले उक्त क्षेत्रको विकास निर्माणका लागि थुप्रै पूर्वाधारका कार्यक्रम अघि बढाएका थिए ।