April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

काँग्रेसकाे पुनर्वास नगर कार्यसमितिकाे सभापतीमा शुक बहादुर तामाङ्ग विजयी

मा प्रकाशित

नागरिक संवाददाता,
पुनर्वास, असाेज ०९ । नेपाली काँग्रेसकाे पुनर्वास नगर कार्य समितिका लागि अाज भएकाे चुनावमा शुक बहादुर तामाङ्ग विजयी भएका छन ।
नगर सभापतिका लागि शुक बहादुरले अाफ्नाे प्रतिस्पर्धी दिल बहादुर बाेहरालाई १० मतले पछि पार्दै विजयी भएका हुन । दिल बहादुरले ७३ मत पाएका थिए । कुल मतदाता १६९ रहेकाेमा १६७ मत खसेकाे थियाे भने ११ मत बदर भएकाे थियाे । उपसभापतिका उमेद्वार खगेन्द्र अाेझाले ८९ मत र नगेन्द्र श्रेष्ठले ७९ मत ल्याएर विजयी भएका छन।
त्यसै गरि सचिव पदका उमेद्वार परि रावलले ८० मत र चन्द्रमणी गैरेले ७७ मत ल्याएर विजयी भएका छन । सह सचिवका उमेद्वार राम कुमार रानाले ७५ मत र लाैटन रानाले ७२ मत ल्याएर बिजयी भएका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु