September 12, 24
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पृथ्वी पशुपालन महिला सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः निर्मला बिष्ट सहित ११ सदस्य नयाँ कार्य समिती चयन

मा प्रकाशित

पुनर्वास
कञ्चनपुरको पुनर्वास नगरपालिका वार्ड नंम्वर – ८ मा रहेको पृथ्बी पशुपालन महिला सहकारी संस्था लिमिटेड पुथ्बीवस्तीको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । निर्मला विष्टको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिती चयन गर्दै साधारण सभा सम्पन्न भएको हो । नयाँ कार्य समितीमा उपाध्यक्ष पार्वती कुमारी अधिकारी, सचिबमा टिका पौडेल र कोषाध्यक्षमा आरती नेपाली निर्बिरोध चयन हुनुभएको छ । यस्तै, हरिना बिष्ट, बदला राना, मनकुमारी श्रेष्ठ, मनसरा बुढा साउँद, सिता देबि सुनार, अदिती बिक र शुशिला रावत सदस्यमा चयन हुनुभएको छ । साधारण सभा मार्फत, लेखा सुपरिवेक्षण समितीमा प्रतिमा राउत लेखा संयोजक, लिला कुमारी केसी र मिना राना लेखा समिती सदस्यमा चयन हुनु भएको छ ।

साधारण सभामा आर्र्थिक बर्ष २०७९÷८० को बार्षिक प्रतिबेदन, आयव्यय र आर्थिक बर्ष २०८०÷८१ को प्रस्तावित आयव्यय तथा कार्य योजना प्रस्तुत गरिएको थियो । सहकारीले आर्थिक बर्ष २०७९÷८० मा ५ करोड ८८ लाख ८३ हजार ४ सय ६५ रुपैँया आय तर्फ देखाएको छ । भने ५ करोड ४१ लाख १ हजार ८ सय ८० रुपैँया ब्याय तर्फ देखाउँदा सहकारीले ४७ लाख ७८ हजार ५ सय ८५ रुपैयाँ नगद बाँकी रहेको प्रतिवेदन संस्थाकी अध्यक्ष निर्मला विष्टले प्रस्तुत गर्नुभएको थियो । पृथ्बी पशुपालन महिला सहकारी संस्थाले आर्थिक बर्ष २०७९÷८० मा १८ लाख ७५ हजार २ सय ३९ रुपैया शुद्ध नाफा गरेको छ । यस्तै संस्थाले आर्थिक बर्ष २०८०÷८१ को प्रस्तावित आय तर्फ ९ करोड ५९ लाख ५७ हजार २ सय ९६ रुपैया र व्यय तर्फ ९ करोड ६ लाख १२ हजार ४ रुपैया हुनसक्ने अनुमान गरेको छ । त्यस्तै सहकारीले ५३ लाख ४५ हजार २ सय ९२ रुपैयाँ नगद बाँकी रहन सक्ने अनुमान गरेको छ ।

त्यसैगरी सहकारीले आर्थिक बर्ष २०८०÷८१ मा अनिवार्य पशु बिमा, सहकारी अभिमुखीकरण तालीम, वित्तिय साक्षरता तालीम, खेती र पशु संरक्षण तथा पशु स्वास्थ्य तालीम सदस्यहरुको ऋण बिमा गर्ने योजना बनाएको छ । कार्यक्रममा उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान संगै असाहाय, गरीब जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण समेत गरीएको थियो । सहकारीमा हाल १ हजार २ सय ५८ जना शेयर सदस्यहरु छन ।

पृथ्बी पशुपालन महिला सहकारी संस्था संचालक समितिका अध्यक्ष निर्मला विष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख प्रमुख अतिथी रहनुभएको थियो । संस्थाको कोषाध्यक्ष आरती नेपालीको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका ब्यवस्थापक पुष्पा कुमारी रोकायाले गर्नु भएको थियो । कार्यक्रममा शेयर सदस्यहरु, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु