धनगढी
राष्ट्रबादी नेपाली चलचित्र काँडेतार को च्यारिटी शो हुने भएको छ । माघ २० गते धनगढी को एसटीएस सिनेमा हलमा प्रदर्शन हुने भएको हो ।
आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि कांडेतार टिमले सो कुराको जानकारी दिएको हो । निर्माता/निर्देशनक नबल खड्काले सिनेमाको कथा रास्ट्रभक्ती रहेको बताए ।
उनले छिमेकी बलियो बनाउन सिमानामा पर्खाल आबश्यक रहने सन्देश दिन खोजेको दाबी गरे । सिनेमाको कथाले नेपाल भारत को सम्बन्ध अझै बलियो बनाउन निर्माण समुहको दाबी छ ।
सिनेमाको लगानी झन्डै ४ करोड रहेको निर्माता खड्का को भनाई रहेको छ ।च्यारीटी शो बाट उठेको रकम सिमानामा मारिएका सहिद गोबिन्द गौतम को परिवारलाई सहयोग गरिने उनले बताए । उक्त सिनेमा देशभर फागुन २५ गते प्रदर्शन हुने भएको छ ।