February 21, 24
15.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेहडाबाबा माध्यमिक विद्यालयको ६३औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

मा प्रकाशित

धनगढी । धनगढीको बेहडाबाबा माध्यमिक विद्यालयको ६३औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण राना थारूकाे अध्यक्षतामा सोमबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि धनगढी १६ का ९८ वर्षीय ज्येष्ठ नागरिक कविराम थारू, विशिष्ट अतिथि धनगढी १६ का वडा अध्यक्ष रामलाल चौधरी रहनु भएको । यस अवसरमा पूर्व शिक्षकहरू दिपराज पाण्डेय, खडक नेपाली, गौरी प्रसाद जोशी सम्मान गरिएको थियो ।

यस्तै प्रमुख अतिथि, विशिष्ट अतिथि, पूर्व अध्यक्ष निर्मल कुमार ओझालाई विशेष सम्मान गरिएको जनाएको छ । उत्कृष्ट अभिभावकका रूपमा अभिभावक जङ्ग बहादुर सेटी र दिपा साउदलाई समेत विशेष सम्मान गरिएको हो । विद्यालयमा कार्यरत मा वि गणित शिक्षक सुरेन्द्र बहादुर पाल, निमावि गणित / विज्ञान शिक्षक काशीमान थापामगर र प्रा वि शिक्षक गणेश राज जोशीलाई जनही नगद रु २००० सहित सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षक शेर ब चन्दले गरेका थिए भने प्र अ भोजराज शर्माले १८ पृष्ठ लामो विद्यालय प्रतिवेदन प्रस्तुत गरेका थिए ।। कार्यक्रम शिक्षक द्वय गणेश बहादुर धामी र हिक्मत बहादुर चौधरीले सञ्चालन गरेका थिए । यस अवसरमा विद्यार्थी कल्याणकाेष अक्षयकोष स्थापना गरी करिब ९०००० रकम विद्यालयमा हस्तान्तरण भएको छ । कार्यक्रम मा पुरस्कार वितरण का साथै विद्यार्थीहरूका विविध मौलिक सांस्कृतिक प्रस्तुति प्रस्तुत भएका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु