पुनर्वास ,
कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
जिल्लाको भीमदत्त नगरपालिकाले पत्रकार भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
सोमबार भीमदत्त नगरपालिकाको ४७ औँ स्थापना दिवसका अवसरमा पत्रकार भण्डारीलाई पुरस्कार प्रदान गरिएको हो । भीमदत्त नगरका प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक र प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले दोसल्ला ओढाएर प्रमाण पत्रका साथै नगद पुरस्कार प्रदान गरिएको हो ।
तीन दशकदेखि पत्रकारिता गर्दै आएका भण्डारीलाई सुदूरपश्चिम प्रदेशको पत्रकारिता क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका हुन । उनी रेडियो महाकाली, दैनिक मानसखण्ड र मानसखण्ड अनलाईनका प्रधान सम्पादक हुन ।