June 21, 25
23 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

ग्लोबल आइएमई लघुबित्तद्वारा ग्राहक सदस्यलाई कृषि तथा तरकारी खेती तालिम सम्पन्न

मा प्रकाशित

कञ्चनपुर ,
ग्राहक सदस्यको हितलाई मद्य्यनजर गर्दै ग्लोबल आइएमई लघुबित्त बित्तीय सस्थाको शाखा कार्यालय अमराई अर्घाखाँचीले भुमिकास्थान नगरपालिका वार्ड न. ९ डेभामा कृषि तथा तरकारी खेती तालिम सम्पन्न गरेको छ ।

समुहमा आबद्ध सदस्यहरुलाई ब्याबसायिक रुपमा तरकारी खेती गरि थप आय आर्जन गर्न उत्प्रेरित गर्ने उद्देश्यले सन्चालन गरिएको कार्य क्रममा प्रमुख अतिथिको रुपमा भुमिका स्थान न.पा. वार्ड न. ९ वार्ड सदस्य कल्पना पौडेल भट्टराईले करेशाबारि तथा खेतबारीमा ब्यस्त रहने हामी दिदिबहिनीहरुले अर्गानिक तरकारी उत्पादन गरि उपयोग गर्ने तथा ब्याबसायिक रुपमा तरकारी खेती गरि महिला आत्म निर्भर तथा उद्धमी बन्नु पर्नेमा जोड दिनु भयो । त्यस्तै स्थानिय शिक्षक दिपक भट्टराईले आफू आबद्ध सस्थाबाट र स्थानीय सरकारबाट उपलब्ध हुने सहुलियथरु उपयोग गरि ब्याबसायिक रुपमा तरकारी खेतिमा लाग्नुहुन सुझाव दिनु भयो ।

कार्यक्रममा प्रशिक्षकको रुपमा रहनु भएको प्रशिक्षक माधवी शाहले मौसमी तथा बेमौसमी तरकारी खेती कसरी गर्ने?, माटोको छनोट, माटोको उपचार , नर्सरी निर्माण, रेखदेख तथा ब्यबस्थापन, टनेलका प्रकार र ब्यबस्थापन, ब्याड तथा बीउ रोप्ने, रासायनिक बिषादिको असर, जैविक बिषादिको प्रयोग र फाइदा, तरकारिको गोडमेल तथा हेरचाह लगायतका बिबिध बिषयमा प्रश्न उत्तर सहित प्रोजेक्टरको माध्यमबाट प्रशिक्षण गर्नु भएको थियो । हाल हाट्बजारमा स्थानिय अर्गानिक तरकारीको माग समेत अधिक रहेकाले तरकारी खेती जोड दिई व्यावसायिक बन्नु सुझाव दिनु भयो ।

ग्लोबल आइएमई लघुबित्त बित्तीय सस्थाले ग्राहक संरक्षण तथा सामाजिक उत्तरदायित्वका हरेक बर्ष थुप्रै कार्यहरु गर्दै आएको छ । बिद्यालयमा शैक्षिक सामग्री बितरण, प्रतीक्षालय तथा खाने पानी धारा निर्माण, ब्यबसाय पुनस्थापना सामग्री बितरण, कोरोना तथा भुकम्प प्रभावित सदसहरुलाई आर्थिक साहयत, जेहेनदार बिद्यार्थिहरुलाई छात्रवृत्ति, रक्तदान लगायत विविध सामाजिक कार्यहरु हरेक बर्ष गर्दै आइरहेको छ ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु