March 28, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

काँग्रेस नेता बिष्ट र थापाद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण , किसानलाई राहत र क्षेतीपुर्तिको माग

मा प्रकाशित

नागरिक आवाज
कञ्चनपुर , कार्तिक ३
तीन दिन देखि परेको अबिरल वर्षाका कारण डुबान हुँदा अन्नबाली नष्ट भएका कञ्चनपुरका किसानको घरदैलोमा यतिबेला नेपाली काँग्रेसका नेता तथा सम्बिधान सभा सदस्यद्वय बहादुर सिंह थापा र दिवान सिंह बिष्टले बाढी प्रभावित क्षेत्रको निरिक्षण गरेका छन् ।
बेमौसमी अबिरल वर्षाका कारण डुबानको पीडा भोग्न बाध्य बनेका कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ का किसानहरुको घरदैलोमा पुगेर काँग्रेस नेता थापा र बिष्टले पिडितहरुको समस्या र गुनासो सुन्न प्रभावित क्षेत्रको अनुगमन गरेका हुन ।
बाढीका कारण क्षेती ब्यहोर्न परेका किसानहरुको न्यायोचित क्षेतिपुर्ती र उद्दार राहतका लागि सरकार संग जोडदार माग गर्ने पुनर्वास नगरपालिका ७ मा पुगेका नेपाली काँग्रेसका नेता तथा सम्बिधान सभा सदस्य बहादुर थापाले बताए ।
घर जग्गा र अन्नबाली डुबानका कारण पिडित बन्न बाध्य भएका क्षेत्र नम्बर १ का सम्पुर्ण किसानहरुको भेदभाव नगरी लगत तयार र न्यायोचित राहत , क्षेतीपुर्ती उपलब्ध गराउन तिनै तहका सरकार संग काँग्रेसले माग गर्दै उचित क्षेतिपुर्ती दिलाउन काँग्रेसले पहल गर्ने बताए ।
नेपाली काँग्रेसका नेता थापा र बिष्टको टोलिले कञ्चनपुर क्षेत्रनम्बर १ का बेल्डाँडी , बेलौरी र पुनर्वासका बाढी प्रभावित किसानहरु संग भेटघाट र निरीक्षण गरेको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु