November 1, 25
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सुदूरपश्चिम समाज कुवेतको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम हुँदै ।

मा प्रकाशित

कुबेत
सुदुरपश्चिमेली नेपाली समाज कुवेतको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको छ । “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने मुल नाराका साथ, यहि फागुन १६ गते अर्थात फेब्रुअरी २८ तारीख शुक्रबार फर्वानिया स्थित सेफ नौसाद रेस्टुरेन्टको सभाहलमा समाजको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको हो । समाजको सातौ वार्षिक उत्सवको अवसरमा नेपालबाट वैदेशिक रोजगारीका लागि कुबेतमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी सचेतना अभिवृद्धि गर्ने उदेश्यले श्रमिक जनचेतनामूलक कार्यक्रम पनि राखिएको समाजका अध्यक्ष गगन सिंह बिष्टले बताउनु भएको छ । 

नेपाली श्रमिकहरुका लागि पछिल्लो समय कुबेत रोजगारीको मुख्य गन्तव्य बन्दै गएको छ । तर रोजगारीका लागि जाने देशको बारेमा सामान्य जानकारी नहुनु,नियमकानुन र जनचेतनाको अभाव संगै दलालको प्रलोभनमा परेर नेपाली श्रमिकहरु विभिन्न समस्यामा परिरहेका खबरहरु आईरहदा श्रमिक जनचेतनामूलक कार्यक्रमबाट थोरै भएपनि यस्ता समस्याहरु न्यूनीकरणमा मद्दत पुग्ने बिश्वास गरिएको छ । यस्तै समाजको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको कार्यक्रम संयोजक महेश कुमारले जानकारी दिनु भएको छ । साथै कुबेतमा रहेका नेपाल निकट सरकारी तथा गैरसरकारी संघसस्थाका प्रतिनिधि,पत्रकार,समाजसेवी,बुद्धिजीवी सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थितिका लागि समाजले अनुरोध गरेको छ ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु