
समाज विकासका अनेक आयामहरू हुन्छन् । तर वास्तविक विकास त्यही हो , जहाँ मानिस हरू खुशी छन , सुरक्षित छन् र समान अवसर प्राप्त गर्न सक्छन् । हामीले कल्पना गर्ने यस्तो नै समाज हो अमरबस्ती ।
सद्भाव, सहकार्य र समानता अमरबस्ती केवल ईंटा र सिमेन्टले बनेको ठाउँ होइन ।
यो त चेतनशील, सचेत र नैतिक मूल्यमान्यता बोकेका नागरिकहरूले सिर्जना गर्ने समाज हो। यहाँ सबै नागरिक बीच समानता हुन्छ, अन्यायको कुनै स्थान हुँदैन । परस्पर मेलमिलाप , सहयोग र आत्मनिर्भरता अमरबस्तीका पहिचान हुन्।
पर्यावरणमैत्री र आत्मनिर्भर विकास आजको युगमा प्रविधिको विकास तीव्र गतिमा भइरहेको छ। अमरबस्तीले आधुनिक विज्ञान र प्रविधिलाई आत्मसात् गर्दै पनि प्रकृतिसँग सामञ्जस्यता कायम राख्छ। नवीकरणीय ऊर्जा, हरियाली क्षेत्र, सफा पानी र प्रदूषणमुक्त वातावरण यसको आधारस्तम्भ हुन्।
के हामी अमरबस्ती निर्माण गर्न सक्छौं?
अमरबस्ती केवल कल्पना मात्र होइन, यदि हामी सबैले सामाजिक उत्तरदायित्व बहन गरेमा यो वास्तविकतामा बदलिन सक्छ। इमान्दार नेतृत्व, शिक्षा र नैतिक मूल्यमान्यताको संरक्षणले मात्र यस्तो समाज सम्भव छ।
हामीले साना-साना सकारात्मक परिवर्तन ल्याउने हो भने, हाम्रो बस्ती, हाम्रो गाउँ, हाम्रो शहर नै अमरबस्ती बन्न सक्छ। के हामी यस दिशामा अघि बढ्न तयार छौं ?



