April 19, 25
21.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लाज शरणमको टिम धनगढी आउदै

मा प्रकाशित

कञ्चनपुर
“लाज शरणम”फिल्मको शनिबारे “शो”मा फिल्मका निर्माता अर्जुन घिमिरे (पाँडे) सहितका  कलाकारको टिम धनगढी आउँदै
धनगढी-बुधबार शिवरात्रीका दिनदेखि देशभरका सिनेमा हलमा एकै साथ प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम’  दर्शकको रोजाईमा पुग्न सफल भएको छ।

हास्य व्यङ्ग्यमा आधारित र काठमाडौंदेखि डोल्पासम्मका दृश्य समावेश  गरिएको उक्त चलचित्र ‘लाज शरणम’ प्रदर्शनकै पहिलो दिनमा दर्शकहरू निकै घुइँचो देखिएको थियो।

लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’ मा मुख्य भूमिकामा अर्जुन घिमिरे,सिताराम कट्टेल (धुर्मुस), विजय बराल, सागर लम्साल, हरिष निरौला छन् । चलचित्रमा प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

दर्शकको रोजाइमा बन्न सफल भएको चलचित्र ‘लाज शरणम्’ का निर्माता तथा कलाकार अर्जुन घिमिरे (पाँडे)
सहितको कलाकारको टिम शनिबार (भोलि) कैलालीको धनगढीमा रहेको एसटिएस सिनेमा हलमा आउने भएका छन् ।

सो टिमले दर्शकहरूसँग बसेर बिहान ११ बजेको “शो”मा  सिनेमा हेर्ने चलचित्र निर्माता स्रोतले जनाएको छ ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु