April 19, 25
21.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

ग्लोबल आइएमई लघुबित्तद्वारा ऐरावती गाउपालिकामा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मा प्रकाशित

कञ्चनपुर ,

ग्लोबल आइएमई लघुबित्त बित्तीय सस्थाको शाखा कार्यालय बरौला प्युठानले मिति २०८१ फागुन २६ गते आफ्ना ग्राहक सदस्य तथा स्थानीयहरुलाई सहभागी गराई बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
गाउपालिकाको सभाहलमा संचालित बित्तीय साक्षरता कार्यक्रमका प्रमुख अतिथी ऐरावती गाउपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ ज्युले कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय बासी, स्थानीय सरकार र बित्तीय सस्थाहरु एक अर्कामा अपरिहार्य रहेको बताउदै बैंक तथा बित्तीय सस्थाले स्थानीय सरकार र संघीय सरकार एबम सम्बन्धित सरकारी निकायबाट इजाजत लिएरमात्र कारोबार गर्ने भएकाले ढुक्क भएर कारोबार गर्न, आम्दानी अनुसार खर्च गर्न, क्षमता अनुसार कर्जा कारोबार गर्न, कर्जाको सदुपयोग गर्न साथै उधमशिल भएर कार्य गर्न सुझाव दिनु भयो साथै स्थानिय सरकारबाट पाउने सहुलियत तथा अनुदानको समेत पुर्ण सदुपयोग गर्न समेत आग्रह गर्नु भयो, त्यस्तै ऐरावती गाउपालिकाक प्रमुख प्रशासकिय अधिकृत हिमलाल बिश्वकर्माले बैंक तथा बित्तीय सस्थाहरु कानुन अनुसार स्थापना हुने, सस्थाहरुको कारोबार तथा गतिविधि प्रत्यक्ष रुपमा सम्बन्धित निकायबाट नियमन तथा नियन्त्रण हुने भएकाले कारोबार गर्दा ढुक्क हुन जानकारी गराउदै बिना धितो कर्जा कारोबार गर्ने सस्था लघुबित्त भएकाले आफ्नो क्षमता अनुसार कारोबार गर्न र संस्था र सदस्यको बिस्वस्नियता वृद्धिमा जोड दिन सुझाव दिनु भयो ।
ग्लोबल आइएमई लघुबित्त बित्तीय संस्थाका प्रदेश प्रमुख वसन्त सुबेदीले कार्यक्रमको प्रशिक्षण गर्नु हुँदै, बैंक तथा बित्तीय सस्थाको परिचय, बचत, कर्जा, बिमा, रेमिटान्स,बजेट, बित्तीय अनुशासन तथा बिधुतिय कारोबार लगायत बिबिध बिषयमा प्रशिक्षण गर्नु भएको थियो । उक्त कार्यक्रममा ग्राहक सदस्य तथा स्थानिय ब्यक्तिहरु गरि १४० जनाको सहभागीता रहेको थियो ।

पोखरा २६ बिजयपुर कास्कीमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुबित्त बित्तीय संस्था लि.ले सात वटै प्रदेशका ५४ वटा जिल्लामा रहेका १२१ वटा शाखा कार्यालय मार्फत एक लाख ५५ हजार भन्दा धेरै घरपरिवारलाई बित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले ग्राहक संरक्षण तथा सामाजिक उत्तरदायित्वका हरेक बर्ष थुप्रै कार्यहरु गर्दै आएको छ । बिद्यालयमा शैक्षिक सामग्री बितरण, प्रतीक्षालय तथा खाने पानी धारा निर्माण, ब्यबसाय पुनस्थापना सामग्री बितरण, कोरोना तथा भुकम्प प्रभावित सदस्यहरुलाई आर्थिक सहायता, जेहेनदार बिद्यार्थिहरुलाई छात्रवृत्ति, रक्तदान लगायत विविध सामाजिक कार्यहरु हरेक बर्ष गर्दै आइरहेको छ ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु