May 20, 25
19.4 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा कक्षा ८ को नजितामा ९ निजी विद्यालयको सत प्रतिशत नजिता, अन्यको कति ?

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आधारभूत तह कक्षा ८ को परीक्षामा ६२.४५ प्रतिशत विद्यार्थी उर्तीण भएका छन् ।

बुधवार नगरपालिकाले  नजिता सार्वजनिक गर्दै एक हजार २ सय ७३ कुल विद्यार्थीमध्ये ७९५ विद्यार्थी उर्तीण भएका हुन् भने ४७८ विद्यार्थीले अवर्गीकृत अर्थात् (एन्जी) प्राप्त गरेका हुन् ।

नगरपालिकाले सार्वजनिक गरेको नजिता अनुसार नगरपालिकाका ९ वटा निजी विद्यालयले सत प्रतिशत (१०० प्रतिशत) नजिता ल्याएका छन् । सत प्रतिशत नजिता ल्याउनेमा पुनर्वास पब्लिक स्कुल,भानु मेमोरियल स्कुल,खप्तड बोर्डिङ स्कुल, प्रीति गार्डेन स्कुल,सिताबस्ती पब्लिक स्कुल,फारवेष्ट इन्टरनेशनल स्कुल,आदर्श इङ्लिस स्कुल, पपुलर इङ्लिस बोर्डिङ स्कुल र कञ्चन पब्लिक स्कुल रहेका छन् ।

सो नजिता अनुसार सामुदायिक विद्यालयहरू कसैले पनि सत प्रतिशत नजिता ल्याउन सकेका छैनन् । यद्यपि केहि सामुदायिक विद्यालयले भने राम्रो नजिता ल्याएका छन् ।
जसमा जनशक्ति आधारभूत विद्यालय पुनर्वास १ ले ७७.७८ प्रतिशत, विजय मावि भिमबस्तीले ७२.९४ पञ्तिशत, राष्ट्रिय मावि अमरबस्तीले ७०.९३ प्रतिशत,सरस्वती आधारभूत विद्यालय पुनर्वास २ ले ७०.३७ प्रतिशत नजिता ल्याएका छन् ।
नगरपालिकाका ४५ वटा विद्यालयबाट १२ सय ७३ परीक्षार्थी कक्षा ८ को परीक्षामा सहभागिता रहेको थियो । नगरपालिकाका अनुसार एन्जी ल्याएका विद्यार्थीहरूले २०८२ वैशाख ४ र ५ गते ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु