May 16, 25
22.5 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

मेडिकल सप्लायरले मिडियाको आडमा कर्मचारी धम्काएर टेन्डर लिदैँ

मा प्रकाशित

काठमाडौँ । मेडिकल सप्लायरले मिडियाको आडमा कर्मचारी धम्क्याउँदै टेन्डर लिने गरेको आशङ्का बढेको छ । अस्पताल निर्देशक र मन्त्रालयका अधिकारीका अनुसार हामीलाई टेन्डर पार्नु नत्र समाचार लेख्छु, लेखाउँछु भन्ने व्यक्ति देखा पर्न थालेका छन् । पछिल्ला दिनमा स्वास्थ्य क्षेत्रमा हुने खरिद पनि अस्पतालको आवश्यकता भन्दा पनि व्यापारीको आवश्यकता हेरेर खरिद हुन थालेको छ

स्वास्थ्यमा व्यापारी आफै उपकरण खरिदको योजना बनाउने, सम्बन्धित मन्त्रालयबाट रकम हाल्न लगाउने र आफैले उक्त समान किन्ने परिपाटीको विकास भएको छ । आफूले टेन्डर नपाए समाचार लेखाउने त छदै छ । स्वास्थ्यमा हुने खरिद आधिकांश स्वार्थमा हुने गरेको छ ।

पछिल्ला एउटा उदाहरण हुन्, मेडीइक्विप्स नेपाल प्रा.लिका निर्देशक केशव पाण्डे । गत वर्ष गेटा मेडिकल कलेजमा खरिद गरिएको डिआर सिस्टममा यस्तै भएको छ । उक्त उपकरण खरिदमा पाण्डको स्वार्थ जोडिएको देखिन्छ । खरिदमा स्वार्थ जोडिने र स्वार्थमा मिडिया प्रयोग गर्ने कुरा अहिले एक अर्काका पर्यायबाची जस्तै भएका छन् ।

स्रोत भन्छ, जहाँ जहाँ आफूले टेन्डर पाएको छैन त्यहाँको विषयमा आफ्नो लगानी रहेको मिडियाबाट समाचार लेखाउने गरेको छ । गत वर्ष गेटा मेडिकल कलेजले खरिद गरेको डिजिटल रेडियो ग्राफी (डिआर सिस्टम) खरिदमा पनि पाण्डेको स्वार्थमा भयो तर, त्यसमा समाचार लेखाइएन अधिकारी भन्छन् ।

अस्पतालका निर्देशक डा विप्लव सापकोटाको समयमा १ करोड ६० लाखमा खरिद भएको डिआरमा पनि पर्दापछाडि पाण्डेले खेलेको देखिन्छ । बायो मेडिकल इन्जिनियर हरेन्द्र चटौतद्धारा तयार पारिएको स्पेकका आधारमा फेयर ट्रेड प्रालिले पाएको थियो । मिन अग्रवाल सञ्चालक रहेको कम्पनीलाई मात्रै मिल्नेगरी स्पेक तयार पारिएको थियो । यस विषयमा पाण्डेले समाचार लेखाएनन् । यसमा पनि उनको सहभागीता रहेको अधिकारीहरु बताउँछन् ।

तत्कालीन निर्देशक डा सापकोटाले बताए अनुसार समयमा सामान आउन नसके पछि म्याद थप गर्न आग्रह गरिएको थियो । नियम अनुसार म्याद थप ग¥यौ तर, भुक्तानी गरिएन । कबुल ब्राण्ड जापानको कोनिका माइनोल्टाको हो । पाण्डेको उक्त कम्पनीका अधिकारीसँग राम्रै सम्बन्ध रहेको बुझिन्छ । यसको नेपाली आधिकारीत बिक्रेता फेयर ट्रेड हो । यसमा समेत पाण्डेको सेयर रहेको बुझिएको छ । जापानको ब्राण्ड ल्याउनु र पाण्डेको त्यहाँका कर्मचारीसँग भेटेको फोटो आफैले हाल्नुले स्वार्थ बाझिएको स्पस्टै हुन्छ ।

तत्कालीन निर्देशक डा सापकोटाले समेत उनिहरुको सम्बन्धको विषयमा मौन स्वीकार गरेका छन् । उनले खरिदमा स्वार्थ बाझिएको विषयलाई अस्वीकार गर्न सकेनन् । तर, खरिदमा कुनै बदमासी नभएको बताए । यो एउटा सानो उदाहरण मात्रै हामीले देखाएका छौं । पछिल्लो समय मिडिया देखाएर कर्मचारी तर्साउने अनी आफ्नो स्वार्थ अनुसार काम गराउने परिपाटीको विकास हुदै गएको देखिन्छ । यसलाई निस्तेज बनाउन जरुरी देखिन्छ ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु