July 11, 25
25.9 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको पुनर्वासमा लागूऔषध व्युरोको ठूलो अपरेसन, २७३ ग्राम बढी लागू औसध बरामद

मा प्रकाशित

पुनर्वास,
कञ्चनपुरको पुनर्वासबाट लागू औषध खैरो हिरोइनसहित दुईजना पक्राउ परेका छन् । सुदूरपश्चिमै अहिलेसम्मको सबैभन्दा ठूलो परिणाममा लागू औषध खैरो हिरोइन सहित दुई जना पक्राउ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पुनर्वास – ६ स्थित सम्राट होटल नजिकै बाट खैरो हिरोईन (ला.औ.) बेचविखन हुने सूचना प्राप्त भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली, लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा दुईजनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट कालो झोलामा रहेको ५ थान सेतो प्लास्टिकको पोका बरामद गरेको थियो । जसमा खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ भेटिएको प्रहरीले जनाएको छ । उक्त पदार्थको कुल तौल ( प्लास्टिक सहित ) २७९ ग्राम २५० मिलीग्राम पाइएको छ भने प्लास्टिक हटाएपछि २७३ ग्राम २६० मिलीग्राम भएको लागू औषध भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खडक बहादुर खत्रीले जानकारी दिनुभयो ।
गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली, लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक महेश विक्रम शाहीको नेतृत्वमा ९ जनाको संयुक्त टोलीले उक्त परिणामको लागू औषध खैरो हिरोइन बरामद गरेको हो ।
प्रहरीले लागू औषध खैरो हिरोइन सहित कञ्चनपुरको पुनर्वास नगरपालिका-६ बस्ने ५० वर्षीय दीपक बि.सी. र दार्चुलाको महाकाली नगरपालिका- ३ बस्ने ४२ वर्षीय नरसिंह महरा पक्राउ गरेको छ । पक्राउ परेका दुवै व्यक्तिलाई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु