April 24, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा प्रहरीको सफलता : कराेडाैँका गरगहना र नगद सहित दुईजना पक्राउ

मा प्रकाशित

नागरिक आवाज

कञ्चनपुर, ३० कार्तिक
करोडौँ मूल्यका गरगहना, ल्यापटप र नगद रकम चोरी ल्याएको आरोपमा कञ्चनपुरको बेलौरीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ फटिया बस्ने ३८ वर्षीय लाल बहादुर शाही र कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ४ बस्ने ३८ वर्षीया विष्णु कुमारी सिंह शाहीलाई मंगलबार बेलौरीबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए ।

उहाँका अनुसार भारतको बैङ्गलोरबाट हालै स्वदेश फर्किई बेलौरी स्थित शाहीको घरमा बसिरहेका दुवै जनाको साथबाट ठूलो मात्रामा गरगहना, मूर्ति सहित ल्यापटप र विभिन्न देशका मुद्राहरू समेत बरामद गरिएको छ ।

उनीहरूको साथबाट भारतीय रुपैयाँ ४३ हजार ९ सय, हङकङ डलर ४०, थाईल्याण्ड भाट १ हजार २ सय ६०, युएसए डलर १ हजार ५, क्यानडियन डलर २ हजार ८ सय १०, मलेसियन रिङ्गिट २३, सिङ्गापुर डलर १८, कतार रियाल १, दुबई दिराम १ सय ३०, चाइनिज युवान १ सय ६१ मुद्रा बरामद गरिएको छ । त्यस्तै, सुन जस्तो देखिने पत्थर सहितका पहेलो धातु १ किलोग्राम ४ सय ७१.१८ ग्राम (२२ क्यारेट), सुन जस्तो देखिने बिना पत्थरका पहेलो धातु ४ सय ३९.८९ ग्राम (२२ क्यारेट) र विभिन्न रङ्गका पत्थरहरू १ किलोग्राम ९ सय ९८.४१ ग्रामका गरगहना तथा मूर्ति समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ४ थान ल्यापटप पनि बरामद गरिएको छ ।

भारतको बैङ्गलोर बस्ने भेन्की पिन्च स्कोटीको घरमा काम गर्ने दुवै जनाले यही कार्तिक २५ गतेका दिन उक्त घरको लकर तोडफोड गरी नगद मुद्रा, गरगहना तथा अन्य सामानहरू चोरी नेपालतर्फ भागी आएको भन्ने भारतीय सुरक्षाकर्मीबाट खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट प्रहरी निरीक्षक कैलाश सिंह बिष्टको कमाण्डमा ७ जनाको प्रहरी टोली, सशस्त्र प्रहरी बिओपी पुनर्वासबाट सशस्त्र प्रहरी निरीक्षक निम बहादुर भण्डारीको कमाण्डमा ४ जना र सशस्त्र प्रहरी बिओपी आपतालबाट सशस्त्र प्रहरी नायव निरीक्षक गङ्गादत्त जोशीको कमाण्डमा ४ जनाको संयुक्त टोलीले मंगलबार बिहान उल्लेखित सरसामान बरामद गरी दुवै जनालाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धान पछि थप कारबाहीका लागि उल्लेखित दुवै जना र सामानहरू इलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु