- विज्ञापन -
December 5, 22
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

काँग्रेस महाधिवेशन : कञ्चनपुर १ को “ख” मा पनि दिवान बिष्ट प्यानल बिजयी

मा प्रकाशित

नागरिक आवाज

बेलौरी कंचनपुर , मंसिर ३
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रवार सम्पन्न कञ्चनपुर क्षेत्र नम्बर १ को ख प्रदेश कार्यसमिती पदाधिकारीहरुको निर्वाचनमा पनि काँग्रेस नेता दिवान बिष्ट प्यानल बिजयी भएको छ ।

- विज्ञापन -

प्रदेश ख को कार्यसमितीको लागि सम्पन्न निर्वाचनमा नेता बिष्टको प्यानलबाट सभापतिका उम्मेदवार चेतन राइले १४९ मत ल्याएर बिजयी भएका छन् । उनी संग प्रतिस्पर्धा गरेका काँग्रेस नेता रमेश लेखक प्यानलका सभापति पदका उम्मेदवार अर्जुन सिंहले १०४ मत पाएका छन ।

उपसभापतिमा काँग्रेस नेता बिष्ट प्यानलका उम्मेदवार रामलाल राना १७० , रंगबिर चौधरी १३६ मत ल्याएर बिजयी भएका छन् । लेखक प्यानलका उपसभापतिका उम्मेदवार प्यारेलाल राना १०३ ,भागिराम डङौरा ९३ मत पाएका छन् ।
सचिव पदमा नेता बिष्ट प्यानलका खगेन्द्र प्रसाद पंडित १४१ , दिनेश बहादुर कुँवर १४३ मत ल्याएर बिजयी भएका छन् । प्रतिद्वन्दी सचिव पदका लेखक प्यानलका उम्मेदवार गोपालसिंह कुँवरले १०८ , श्यामबहादुर खत्रीले ९६ मत ल्याएका छन् ।

त्यस्तै सहसचिवमा नेता बिष्ट प्यानलकै उम्मेदवार गिता सबखोली रोकाया १५३ , महादेव पाण्डेय १४५ मत ल्याएर बिजयी भएका छन् । प्रतिद्वन्दी लेखक समुहका उम्मेदवार बिजेन्द्र डगौंरा १०४ , शेरबहादुर रानाले ९५ मत ल्याएका छन् ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु