April 20, 24
19 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

काँग्रेस महाधिवेशन : कञ्चनपुर १ मा दिवान प्यानल बिजयी

मा प्रकाशित

नागरिक आवाज
बेलौरी , मंसिर ७
सोमबार बेलौरीमा सम्पन्न नेपाली काँग्रेस क्षेत्र नम्बर १को अधिवेशनमा नेता दिवान बिष्टको प्यानल बिजयी भएको छ ।
काँग्रेस नेता बिष्टको प्यानलबाट क्षेत्रीय सभापतिका उम्मेदवार गोपी उपाध्यायको प्यानलले बिजय हात पारेको हो । २६७ मत ल्याएर सभापतिमा उपाध्याय बिजयी भएका हुन । उनका प्रतिद्वन्दी रमेश लेखक समुहका हरि चन्द ठकुरीले २२९ मत ल्याएका थिए ।

सचिव पदमा दिवान प्यानलका विश्राम राना ३४७ र पदम रोकाया २७३ मत ल्याएर बिजयी भएका छन् । प्रतिद्वन्द्वी लेखक प्यानलका एक मात्र सचिव अदका उम्मेदवार हरिप्रसाद भट्ट २२१ मत प्राप्त गरेका थिए ।
त्यसैगरी सह सचिवमा सुरेन्द्र राना २७० , हर्कबहादुर बिष्ट २६० मत ल्याएर बिजयी भएका छन् । लेखक प्यानलबाट सहसचिवमा उम्मेदवार बनेका तिर्थराज उपाध्यायले २१४ मत प्राप्त गरेका थिए ।
सोमबार सम्पन्न निर्वाचनमा जम्मा मत ५३४ रहेको ५२२ खसेको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु