April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

नेपाली काँग्रेस कञ्चनपुरको सभापतिमा लेखक समुहका बोगटी , पदाधिकारीमा को कस कसका आए ?

मा प्रकाशित

नागरिक आवाज
महेन्द्रनगर मंसिर १२
नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापतिमा ९१ मत अन्तरले रमेश लेखक समुहका पदम बोगटी निर्वाचित भएका छन् ।
आज आएको मत परिणाम अनुसार रमेश लेखक समुहका बोगटीले ८०६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी एनपी सावद समुहका बहादुरसिंह थापाले ७१५ मत प्राप्त गरे ।

बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए । नेता थापा अर्का केन्द्रीय सदस्य नारायणप्रकाश साउँद र इतर समुहका नेता दिवान बिष्टको समूहका उम्मेदवार थिए ।

त्यसैगरी कांग्रेस उपसभापतिमा नेता सावद पक्षका मीनबहादुर सिंह र इतर समुहका नेता बिष्ट पक्षका हरिचन्द्र राना निर्वाचित भए । सिंहले ७८६ मत प्राप्त गरे भने रानाले ७६३ मत प्राप्त गरी विजयी भए ।
लेखक समुहबाट उपसभापतिका प्रत्यासीद्वय दिवाकर पाण्डेयले ७०४ र शङ्करबहादुर चन्दले ७४० मत पाए ।
त्यसैगरी सचिव पदमा सावद पक्षका भीमराज भट्ट र हेमराज ओझा विजयी भए । त्यस्तै सावद समुहका सहसचिवमा नाफुसिंह साउँद र लेखक समुहका पुष्कल चौधरी निर्वाचित भए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु