दीपेन्द्र बस्नेत
कञ्चनपुर , मंसिर १६
नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन औपचारिक रुपमा आज देखि सुरु भएको छ ।
प्रधानमन्त्री तथा पार्टी सभापतिको गृह प्रदेश सुदूरपश्चिममा प्रदेश सभापतिका छ जना आकांक्षी उम्मेदवारहरु देखिएका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको रौनकले देशभर माहोल तातिरहेका बेला सुदूरपश्चिममा पनि आकांक्षीहरुले आ आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशको सभापति पदमा उम्मेदवारी घोषणा गर्ने हरुमा नारायण शाह “मनु” कैलाली , अर्जुनजंग बहादुर सिंह बझाङ , गोविन्द बहादुर शाह अछाम , हिमबहादुर रावल कैलाली , पुष्पकुमार शाही डोटि र गोविन्द राज बोहरा डडेल्धुरा रहेका छन ।
२०५० मा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता , ०५४ मा तरुण दल सचिव हुँदै ०५६ मा तरुण दल कैलाको अध्यक्ष बन्दै ०५८ मा पार्टी सहसचिव बनेका नर नारायण शाह १२ औं र १३ औं महधिवेशनबाट कैलालीको दुई कार्यकाल सभापति रहिसकेका हुन ।
प्रदेश सभापतिका आकांक्षी उम्मेदवार अर्जुनजंग बहादुर सिंह ०३६ देखि नेविसंघको राजनीति बाट काँग्रेसको राजनीतिमा उदाएका हुन । उनी ०४२ मा नेविसंघ केन्द्रिय उपाध्यक्ष बनेका सिंह बझाङ जिल्लाबाट २ पटक साँसद , एक पटक सहायक मन्त्री र राज्य मन्त्री , ०७४ मा राजदुत रहिसकेका छन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका सभापति का अर्का आकांक्षी गोविन्द बहादुर शाह अछामबाट २ पटक साँसद , एकपटक राज्यमन्त्री रहेका थिए । शाह २०३६ साल देखि नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा छाएका हुन । कैलालीका हिमबहादुर रावल पनि प्रदेश सभापतिका आकांक्षी देखिएका छन् । ०४८ मा पार्टीको क्रियाशिल सदस्य बनेका रावल नेपाल एयरलाइन्सका निर्देशक समेत रहि सकेका हुन ।
सुदूरपश्चिम प्रदेश अधिवेशन सुरु भए संगै उम्मेदवारहरुले आआफ्नो उम्मेदवारी घोषणा क्रम बढे संगै डोटीका पुष्पकुमार शाहीले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नेविसंघको राजनेतिबाट उदाएका शाही नेविसंघको केन्द्रिय उपाध्यक्ष रहि सकेका छन् ।
त्यसै गरि सुदूरपश्चिम प्रदेश सभापतिका आकांक्षी हरुमा डडेल्धुराबाट प्रदेश सभा सदस्य गोबिन्द राज बोहरा पनि रहेका छन् ।