April 24, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सुदूरपश्चिम प्रदेश सभापतिमा उम्मेदवार बन्ने नेता गुरुङको उद्घोष

मा प्रकाशित

 

दीपेन्द्र बस्नेत
कंचनपुर , मंसिर १६
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत प्रदेश अधिवेशन चिलिरहेकै बेला सुदूरपश्चिममा प्रदेश सभापति पदमा उम्मेदवारी दावी गर्ने क्रम बढिरहेको छ । यसै क्रममा नेपाली काँग्रेस कञ्चनपुरका नेता गोपालसिंह गुरुङले पनि आफू प्रदेश सभापतिमा उम्मेदवार बन्ने उद्घोस गरेका छन् ।

आफ्नो जीवनको ४० वर्ष लोकतन्त्र र काँग्रेसका लागि खर्चिएका गुरुङ सरल ,र सादगीपुर्ण ब्यक्तित्व भएका नेताका रुपमा चिनिन्छन ।

स्नातकोत्तरको डिग्री हातमा भए पनि गरिव , निमुखाको बिकासका लागि प्रतिवद्ध रहन्छन् ।
हेर्दा सामान्य रहनसहनमा देखिने समाजवादी नेता गुरुङले नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभापति पदमा उम्मेदवारी दिने उद्घोष गरेका छन् ।

यस अघि प्रदेश सभापतिमा ६ जना नेताहरुले आफ्नो उम्मेदवारी दावी गरेका थिए । पछिल्लो समय यता गुरुङ सहित ७ जना नेताहरु सुदूरपश्चिम प्रदेश सभापति प्रतिस्पर्धामा रहेका छन् ।

यस अघि सुदूरपश्चिम प्रदेशको सभापति पदमा उम्मेदवारी घोषणा गर्ने हरुमा नारायण शाह “मनु” कैलाली , अर्जुनजंग बहादुर सिंह बझाङ , गोविन्द बहादुर शाह अछाम , हिमबहादुर रावल कैलाली , पुष्पकुमार शाही डोटि र गोविन्द राज बोहरा डडेल्धुरा रहेका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु