जमुना न्युरे
सुखड , पुस ८
कैलाली जिल्लाको भजनी नगरपालिका वडा न . ७ मा रहेको हिम्तपुर सामुदायिक वनका अध्यक्ष र जनप्रतिनिधिले बाढी पिडितको नाममा वन अतिक्रमण गरि घर टहरा निर्माण गरेका छन्
भजनी नगरपालिका ७ स्थित हिम्तपुर सामुदायिक वनका अध्यक्ष जयराम चौधरी वडा सदस्य टीकाराम चौधरीले बाढी पीडित को नाममा वन अतिक्रमण गरेका हुन । उनिहरु संगै प्रेम चौधरी , रमेश चौधरीले वनको जग्गा अतिक्रमण गरि घरटहरा निमार्ण गरेका छ्न ।
सामुदायिक बनको जमिनमा गत जेष्ठ महिना देखि हाल सम्म १५० देखि २०० घरपरिवारले बाढी पीडित को नाममा अतिक्रमण घर टहरा निमार्ण गरेका छन्
सामुदायिक बन बसन्ता सरक्षीत क्षेत्रको जैविक कोरिडोर जहाँ बाट बन्यजन्तु ओहोरदोहोर गर्ने बाटो पनि हो सरक्षीत क्षेत्रको अति संबेदनसिल क्षेत्रमा अतिक्रमण गरि बन्यजन्तु को ओहोरदोहोर नै रोकिने अवस्था आयको छ।
यसरी बसन्ता क्षेत्रको कोरिडोर नै अतिक्रमण को चपेटामा परे पछि डिभिजन बन कार्यलयले पहलमानपुरले सब डिभिजन बन कार्यलय भजनि मार्फत पटक पटक अतिक्रमण क्षेत्र छोड्नका लागि सुचना , पत्राचार समेत गरि जानकारि गरायको थियो ।
सुचना गर्दा २०० घरटहरा बाट ५०/६० घरटहरा बाकी रहेको सब डिभिजन बन कार्यलय भजनी प्रमुख दिलिप यादव ले जानकारी दियका छन् ।
लगातारको खबरदारी गर्दा समेत अतिक्रमण क्षेत्रबाट नहटे पछि डिभिजन बन कार्यलय पहलमानपुरले बल प्रयोग गरि अतिक्रमण गरि बनायका सामुदायिक बनको करिब ८हेक्टर जमिन खाली गरियको र ५०/६० घरटहरा भत्किएको छ ।
बल प्रयोग गरि अतिक्रमण हटाउदा अतिक्रमणकारी र बन कार्यलयको दोहोरो झडप बाट सब डिभिजन बन कार्यलय साडेपानी का प्रमुख गौचरण चौधरी लगायत ३ जना बन कर्मचारी घाइते भयका छन् ।
सामुदायिक बन अतिक्रमण गर्ने लाई बन ऎन २०७६ दफा ५०को ३ अनुसारको ५ बर्ष कैद वा एक लाख जरिवाना तथा दुबै सजाय गरि सो अतिक्रमण गरिएको जमिन रास्ट्रीय बनमा समाबेस गरि सो जग्गामा बनायका सरचना हटाउन र प्रयोग गरियका समान जफत गर्ने र अतिक्रमण गर्दा बन पैदावर हटायमा वा हानि नोक्सानी गरेमा पनि सोही ऎन अनुसारको कारबाही हुने डिभिजन बन कार्यलय पहलमान पुरका प्रमुख गोकुल रिजाल ले बताए ।
सो बिषयमा बुझ्न सामुदायिक बन का अध्यक्ष जयराम चौधरीलाई सम्पर्क गर्दा सो बिसयमा आफू केही नबोल्ने भन्दै जवाफ दिन पन्छिएका छन् ।