April 24, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

राष्ट्रिय सेवा दल अल्मुनाई एसोसिएसन नेपालको चौथो वार्षिक उत्सब समपन्न

मा प्रकाशित

 

नागरिक संवाददाता
बेलौरी , पुस ९
राष्ट्रिय सेवा दल एन. सी. सी. अल्मुनाई एसोसिएसन नेपालको चौथो वार्षिक उत्सब आज बेलौरीमा भव्यताका साथ समपन्न भएको छ ।
बेलौरी स्थित उग्रतारा बाल बिद्यालयमा राष्ट्रिय सेवा दल (एन. सी. सी.) तालिममा भाग लिईरहेका बिद्यार्थीहरुले बेलौरी बजारका बिभिन्न सार्वजनिक स्थानहरुको सरसफाई गर्नुका साथै जनचेतनामुलक कार्यक्रमहरु गरि समापन गरेका छन ।
बिद्यालयमा आयोजीत कार्यक्रममा बिभिन्न नृत्य, वक्तृत्वकाला, गित तथा एन. सी. सी. तालिममा सहभागि छात्र छात्राहरुले तालिममा सिकेका बिभिन्न कौषलहरु प्रदर्शन गरेका थिए ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष्य तथा बिद्यालयका संस्थापक टेकबहादुर साउदको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि महाकाली बहुमुखी क्यामपसका क्याम्पस प्रमुख धर्म राज जोशी प्रमुख अतिथी रहनु भएको थियो । भने कार्यक्रममा बेलौरी स्थित सुरक्षा निकायका प्रतिनिधीहरु, अभिावक, स्थानिय बुद्धिजिवी, तथा समसाज सेवीहरुको पनि उपस्थिति रहेको थियो ।
कञ्चनपुरका विभिन्न आठ ओटा बिद्यालयहरुमा नेपाली सेना द्धारा प्रदान गरिने राष्ट्रिय सेवा दल एन. सी. सी. तालीम सञ्चालन भै रहेको छ भने यो तालिम बेलौरीमा भने प्रथम पटक सञ्चालनमा रहेको छ । यस तालिममा बिद्यालयका १८ छात्रा र १८ छात्रहरुको सहभागिता रहेको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु