- विज्ञापन -
December 4, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलौरीमा प्रहरीको अपरेसन २ दिनमा ४२.२२ ग्राम ब्राउन सुगर सहित ७ जना पक्राउ

मा प्रकाशित

कञ्चनपुर, असार १
कंचनपुरको दक्षिणी सीमान्त क्षेत्र बेलौरीमा लागू औषध ओसारपसार नियन्त्रणमा प्रहरीले सक्रियता बढाए संगै दुई दिन भित्र ४२.२२ ग्राम लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज मंगलबार बेलुका अन्दाजी ५  बजेको समयमा खटिएको ईलाका प्रहरी  कार्यालय बेलौरीको टोलीले बेलौरी नगरपालिका  ८ कलकत्ता बजारबाट पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाट बस्ने २४ वर्षिय लाल बहादुर ऐरले चलाएको से.६ प.८०९९ नम्बरको मोटरसाईकल पछाडी सवार २२ वर्षिय चन्द्र बहादुर साउदले आफु बसेको सिटमा मुनी लुकाई छिपाई राखेको अवस्थामा निजको साथबाट ७.७६० ग्राम लागु औषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थ देखिने बस्तु फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

- विज्ञापन -

यसैगरी ईलाका प्रहरी कार्यालय बेलौरीको टोलीले बेलौरी  ६ बिद्यानगरमा पश्चिमबाट पुर्व तर्फ आईरहेको  शुक्लाफाँटा न.पा.१० झलारी मुक्तिशिबिर बस्ने २४ वर्षिय महेश चौधरीले चलाएको सु प प्र.०२-००३ प ६७२४ नम्बरको  मोटरसाइकल र पछाडी सवार  लालझाडी गाउँपालिका २ कञ्ज बस्ने  २५ वर्षिय  रण बहादुर चौधरीलाई सङ्का लागी रोकी चेकजाच गर्दा मो.सा. पछाडी सवार चौधरीको साथबाट लागु औषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थ ७.५९० ग्राम र खैरो धुलो ४.७६० ग्राम गरी जम्मा १२.३५ ग्राम फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले बताए ।

यसरीनै ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक  कमल कुमार खड्काको नेतृत्वमा परिचालित   प्रहरी टोलीले गस्तीका क्रममा जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नम्बर ५ का २८ वर्षिय सुरेन्द्र बिष्टले सुप प्र.०१-००८ प ८५९ नम्बरको मोटरसाइकल चलाई सो मोटरसाइकल पछाडी सवार गोदावरी कै २२ वर्षिय सन्तोष रानालाई बेलौरी ८ पचुंई स्थित सिमा क्षेत्र  नजिकबाट सोमबार दिउंसो  लागु औषध खैरो हेरोईन जस्तो धुलो पदार्थ ९.०८० ग्राम सहित  बरामद गरेको थियो ।

प्रहरी निरीक्षक खड्काको नेतृत्वको   प्रहरी टोलीले बेलौरी नगरपालिका वडा नम्बर ८ बस्ने ३० वर्षिय  हरी कृष्ण रानालाई  पचुंई स्थित सिमा क्षेत्र नजिकै बाट मिति आइतबार सांझ फेला पारि लागु औषध खैरो हेरोईन जस्तो धुलो पदार्थ १३.०३ ग्राम बरामद गरेको थियो ।

लागू औषध सहित  पक्राउ गरिएका सबै माथी थप अनुसन्धान कार्य भइ रहेको प्रहरी निरीक्षक खडकाले बताए ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु