हिमाल जोशी
धनगढी, जेठ ३१
बाजुरामा लगातारको बर्षा संगै खोलामा आएको बाढीले बगाउदा एक बालक र एक महिला बेपत्ता भएका छन । जिल्लाको त्रिवेणी नगरपालिका किम्नी खोलामा आएको बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन । बेपत्ता हुनेमा सोही नगरपालिका–५ किम्नीका स्थानीय घुरे बुढाका १३ वर्षीय छोरा कमल बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धनदेव साउँदले जानकारी दिए । उनले दिएको जानकारी अनुसार गाउँ नजिकै रहेको किम्नी खोलामा आएको बाढीले सोमबार विहान बगाएर बेपत्ता पारेको बताए ।
बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक साउँदले जानकारी दिए ।
बेपत्ता भएका बालकको खोजीका लागि प्रहरी चौकीबाट टोली घटनास्थल गएको छ ।
यसैगरी सोमबार नै बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला पनि बेपत्ता रहेकी छन् ।
गाउँ नजिकै रहेको बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा संकलन गर्ने क्रममा बाढीले बगाएको स्थानीय धनबहादुर बोहराले बताए ।
