March 16, 24
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

हाम्रो बारेमा

गृहपृष्ठहाम्रो बारेमा

कञ्चनपुर जिल्लामा पत्रकारिता र संचार गृहहरु सदरमुकाम र शहरमा केन्द्रित बनिरहेकाले दुर दराज ग्रामिण भेगका जनताहरुका समस्या र सवालहरु मिडियाको पहुँच भन्दा बाहिर परिरहेका थिए । ग्रामिण क्षेत्र बिशेष गरि जिल्लाको दक्षिणी क्षेत्रका साविक १० वटा गाविसहरु हालका ४ स्थानीय तहका जनताहरुका सवालहरु माथी वकालत गर्दै यहाँका जनताका जनजीविका , समस्या र सवालहरुलाई उजागर गर्ने ध्ययका २०६६ सालमा कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ जिल्लाकै ग्रामिण भेग बाट नियमित प्रकाशन हुँदै आएको पहिलो सञ्चार गृह नागरिक आवाज साप्ताहिक पत्रिका हो ।

जनतालाई सत्य तथ्य , सूचना दिदै स्थानीय सवालहरु माथी केन्द्रित समाचार सम्प्रेषण गर्दै राज्य , सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन नागरिक आवाज कटिबद्ध र प्रतिबद्ध रहँदै आएको छ । जिल्लाको दक्षिणी सीमान्त क्षेत्रका जनताका समस्याहरुलाई उजागर गरि आफ्नो पेशागत धर्म निर्वाहमा नागरिक आवाज सदैव जिम्मेवार रहँदै आएको छ । आफ्नो स्थापना काल देखिनै प्रत्यक्ष जनताका सवालहरुमा केन्द्रित यस नागरिक आवाज पत्रिकाले यहाँहरु सम्पुर्ण पाठकहरुको अपार स्नेह , माया, साथ र सहयोग पाएको छ ।

पाठक, बिज्ञापन दाता र शुभचिन्तकहरु साथ सहयोगले हामीलाई अझ धेरै हौंसला र उत्साह थपि दिएको छ । बिकसित आधुनिक सञ्चार जगतमा पाठक , शुभचिन्तकहरु लाई अझ थप छिटो छरितो र बिश्वसनीय सूचना सम्प्रेषण गर्न नागरिक आवाज पत्रिकाले आफ्नो संस्करणलाई डिजिटल प्रविधिका माध्यम बाट संसार भर स्थानीय मुद्दा र सवालहरुलाई उजागर गरि समस्या समाधानमा सबै सरोकारवालाको ध्यानाकर्षण गराउन सहज होस भन्ने हेतुले हामीले nagarikaawaj.com.np आधिकारिक न्युज पोर्टललाई पाठक एवं शुभचिन्तक समक्ष ल्याउने जमर्को गरेका छौं । हाम्रो यो प्रयासमा हाम्रा पाठक , शुभचिन्तक सबैको रचनात्मक साथ , सहयोग र समर्थनको हामीले अपेक्षा लिएका छौं ।

- विज्ञापन -spot_img

नागरिक आवाजका स्तम्भहरु

दिपेन्द्र बस्नेत

प्रधान सम्पादक

समाजलाई एउटा नयाँ दिशा दिन आफ्नो स्थानीय स्तरदेखि सूचना सम्प्रेषण तथा घट्नाहरुको तथ्य पारदर्शी बनाउन तत्पर रहने व्यक्ति

राम बहादुर गुरुङ्ग

वेबसाइट डिजाइनर

- विज्ञापन -spot_img
- विज्ञापन -