October 29, 25
21.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

मूल सडकको अतिक्रमण हटाउन बेलडाँडीमा चलाइयो डोजर

मा प्रकाशित

दीपेन्द्र बस्नेत
बेलडाँडी
नक्सामा कायम मूल सडकमा भएको अतिक्रमण हटाएर फराकिलो पार्न कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा डोजर चलाउन सुरु गरिएको छ ।

वर्षौदेखि अनधिकृत रुपमा अतिक्रमण गरि सडक क्षेत्र भित्र बनाइएका संरचना हटाउन बेलडाँडी गाउँपालिकाले डोजर चलाउन सुरु गरे लगत्तै पालिका प्रमुख हरिश्चन्द्र राना चर्चामा आएका छन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय दिवान सिंह बिष्टको पहलमा संघिय सहरी बिकास मन्त्रालयको १ करोड ३३ लाख र कालिकिच तालको पर्यटन बिकासका लागि प्राप्त ९० लाख संघिय बजेट बेलडाँडीले प्राप्त गरेको पालिका प्रमुख रानाले ले बताए।

मूल सडकको अतिक्रमण हटाएर फराकिलो बनाउन मंगलबार देखि सुरु गरिएको कार्य सडक क्षेत्राधिकार भित्र परेको आफ्नै घर पालिका प्रमुख रानाले डोजर लगाएर भत्काएर अभियान सुभारम्भ गरेका हुन् ।

बेलडाँडी बजार देखि पर्यटकीय सम्भावना बोकेको जैविक कालिकिच ताल र शुक्लाफाँटा वन्यजन्तु आरक्ष प्रवेशद्वार सम्म पुग्ने उक्त सडकमा भएको अतिक्रमण हटाएर फराकिलो बनाउन पालिकाले पहल सुरु गरेको बेलडाँडी गाउँपालिका प्रमुख हरिश्चन्द्र रानाले बताए ।

संघिय सरकारबाट प्राप्त बजेटले बेलडाँडी – चवन्नी बजार हुँदै कालिकिच ताल र शुक्लाफाँटा वन्यजन्तु आरक्ष प्रवेशद्वार जोडने मूल सडकमा अनधिकृतरुपमा भएको अतिक्रमण हटाउन सुरु गरिएको हो ।
उक्त मूल सडकमा भएको अतिक्रमण हटाउन पालिकाले पटकपटक सूचना प्रकाशित गरे पनि अटेर गरि सडक क्षेत्राधिकारमा भएका अवैध संरचना नहटाए पछि डोजर चलाएर हटाउन परेको हो ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु