March 28, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

मलाई फसाउने सडयन्त्र गरियो : कार्की

मा प्रकाशित

काठमाडौँ : जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा रहेको ठगी मुद्दा खेपी रहेकी भारतीय जी न्यूजकी पूर्वनेपाल संवाददाता एन्जिना कार्कीले आफूलाई फसाइउन खोजीएको बताएकी छिन् ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएकी हुन् । कार्कीले सहकारीका सञ्चालक र उनका भाइ मिलेर आफूलाई फसाइएको बताएकी छन् ।

उनले आफूलाई फसाउने केदारनाथ शर्मा र ज्ञानेन्द्र शर्मा भनिने इन्दु तथा गोर्खे रहेको उल्लेख गरेकी छन् । उनीहरुसँग आफू साढे तीन वर्षदेखि परिचित रहेको बताउँदै उनले चिनजान र लोभका कारण आफूले शर्माको सहकारीमा रकम जम्मा गरेको बताएकी छन् ।

पहिलो पल्ट पाँच लाख रुपैयाँ दिएपछि केदार शर्मा आफ्नो सम्पर्कमा नआएको आरोप लगाइन् ।सम्पर्कविहीन हुन थालेपछि उनले शर्मालाई पटक पटक फोन गरेको र कैयौं बाहना बनाएर टारेकाले भेट हुन नसेको बताइन् । तर दोस्रो पटकमा उनका भाइ भनिने इन्दुलाई थप पाँच लाख रुपैयाँ दिएर उनीहरुलाई कुल १० लाख दिएको विवरण सुनाएकी थिईन् ।

शर्मा दाजुभाईले एक पटक ८ लाख, अर्को पटक ६ लाख बराबरको चेक गरि १४ लाख बैंक मार्फत दिएको र अन्तिम पटक होटल हिमालयमा बोलाएर २ लाख दिने क्रममा आफूलाई ठगेको भन्दै प्रहरी हिरासतमा पुर्याएको उनको आरोप छ । प्रहरी हिरासतमा १० दिनमा अनुसन्धान सकिए पनि आफूलाई प्रहरीले भन्नै नमिल्ने खालको दबाब दिएको बताएकी छन् ।

कार्कीले प्रहरीले समेत बयान परिवर्तन फेर्न भन्दै आफूमाथी क्रुरतापूर्ण व्यवहार गरेको जानकारी दिएकी छन् । प्रहरीलाई आफूले साथी मान्दै आएको तर आफू परेपछि मात्र प्रहरीको व्यवहार थाहा पाएको भन्दै आफूमाथि भएको घटनाको उनले घोर भत्र्सना समेत गरेकी छन् ।

गत मंसिर २७ गते संगठित ठगी आरोपमा जनसेवा प्रहरीले उनलाई होटल हिमालयबाट पक्राउ गरेको थियो । कार्कीको मुद्दा हाल जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ । उनले अदालतबाट आधा न्याय पाएको बताउँदै आफू पूर्ण न्याय पाउनेमा विश्वस्त रहेको दाबी गरिन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु